२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बारा ४ मा मनोनयन दर्ता प्रक्रिया सम्पन्न

२०७९ आश्विन २३, आईतबार मा प्रकाशित ( साल अघि) ५९५ पाठक संख्या

सिमरा, २३ असोजः मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको लागि भएको मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ । बाराको क्षेत्र नम्बर ४ लगायत सबै निर्वाचन कार्यालयमा उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने काम सम्पन्न भएको हो । बारा क्षेत्र नं ४ का लागि जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले आफ्न प्रस्तावक र समर्थक सहित मनोनयन दर्ता गराएका थिए ।
बारा क्षेत्र नं ४ मा प्रतिनिधि सभाका लागि नेकपा एमालेका तर्फबाट एकवाल मिया, प्रदेश सभा सदस्य क का लागि देवनारायण चौधरी, प्रदेश सभा सदस्य ख का लागि जसपाका आतमाराम साहले मनोनया दर्ता गराउनुभएको छ ।

1665317525392 (1)

नेकपा एमाले र जसपाको गठबन्धन रहेको छ ।
त्यस्तै पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका लागि पूर्व श्रममन्त्रि किसान श्रेष्ठ (एकीकृत समाजवादी), प्रदेश सभा सदस्य क का लागि क्षेत्रबहादुर श्रेष्ठ अनिल,( माओवादी) र प्रदेशसभा सदस्य ख का लागि जीतेन्द्र सोनल,( लोसपा) ले मनोनयन दर्ता गराउनुभएको छ ।

1665317548797 (1)
यसैगरी राप्रपाका रोहन कुमारले प्रतिनिधि सभाका लागि आफ्नो मनोनयन दर्ता गराउनुभएको छ । मनोनयन दर्ताका लागि नागरिक उनमुक्ति पार्टी, हाम्रो पार्टी नेपाल, जनता प्रगतिशिल पार्टी, नेपाल सद्भावना पाटी लगायतका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका थिए ।
यसैगरी स्वतन्त्र उम्मेद्वारले पनि मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि इच्छाबहादुर वाग्ले,

1665319501087

हरि नारायण सहनी, महेन्द्र प्रसाद साह तेली, पूर्ण प्रसाद, रामकृष्ण तिवारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै प्रदेश सभा सदस्यमा पनि नारायणी रायमाझी,

1665319540825

महेन्द्रप्रसाद, अजय कुमारलगायतकाले स्वतन्त्र उम्मेद्वारको रुपमा मनोनयन दर्ता गराउनुभएको छ ।

1665317642416

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु