सिमरा, २४ असोजः लामो समय समाजसेवा र राजनीतिमा आफ्नो जीवन बिताएकी बाराकी एक कर्मठ नेतृ नारायणी रायमाझीले पार्टीले देशभरका स्वाभिमान कार्यकर्तामाथि गरेको अपमान र प्रहारका विरुद्ध आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभएको छ । आज एक प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपाली काँग्रेसकी नेतृ एवं बाराकी सामाजिक अभियन्ता नारायणी रायमाझीले नेताहरुको व्यक्तिगत स्वार्थ र पार्टी भित्रको आन्तरिक किचलोका कारण आफू र आफूजस्ता सयौं कार्यकर्ताको अपमान हुनेगरि नेतृत्वले निर्णय गरेकाले आफूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताउनुभएको हो ।
उहाँले बारा क्षेत्र नम्बर ४(क) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि सामाजिक सञ्जालको प्रयोग गदैृ विज्ञप्ती मार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो । बाराका विभिन्न सामाजिक संघसंस्थाहरुमा रहेर काम गर्नुभएकी स्थापित नेतृ रायमाझीको नेतृत्व एवं सहयोगमा विकास निर्माणका काम समेत भएका छन् । नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य समेत रहेकी रायमाझी बारामा रहेर दुई दशकभन्दा बढि समयदेखि काँग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । लामो समय काम गरेको पार्टीको निर्णयविरुद्ध लाग्नुपर्ने परिस्थितिलाई बुझिदिन उहाँले स्थानीय नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ ।
हेर्नुहोसः प्रेस विज्ञप्ति