२०८१ श्रावण ८, मंगलबार
नयाँ
पछिला अपडेट

अबैध हतियारसहित एकजना पक्राउ

२०७९ आश्विन २६, बुधबार मा प्रकाशित ( साल अघि) १६३ पाठक संख्या

सिमरा, २६ असोजः अबैध हतियारसहित बारा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बाराको पचरौता नगरपालिका वडा नं ९ स्थित तियरखोला पुलबाट वडा नं ८ बाजोपट्टी टोल बस्ने वर्ष २९ का अमर राय यादवलाई हतियारसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा यादवलाई निजले बोकी ल्याएको प्लाष्टिकको बाोराको झोलाभित्र लुकाइछिपाइ राखेको अवस्थामा घरेलु कटुवा पेस्तोल एक थान र एके फोटी सेभेन सीसीसीपी कम्पनीको एक थान चक्कु फेला परेको र जिल्ला अदालत बाराबाट सात दिनको म्याद थपी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु