२०८१ श्रावण ४, शुक्रबार
नयाँ
पछिला अपडेट

बाराको पथलैयाबाट लागूऔषध गाँजासहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लियो

२०७९ आश्विन २८, शुक्रबार मा प्रकाशित ( साल अघि) २१८ पाठक संख्या

सीमरा २८ असोजः बाराको पथलैयाबाट लागूऔषध गाँजासहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ ५ः ३० बजेको समयमा जीतपुरसिमरा उपमहानगरापलिका वडा नं १ स्थित पथलैयाबाट जीतपुर आउदै गरेको ना.२९प ७३२१ न.को मोटरसाइकलमा अवेध लागूऔषध गाँजा आउदै छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले गाँजासहित दुई जनालाई पक्राउ गरेको हो र्। पक्राउ पर्नेमा बारा जीतपुरसिमरा उ.म.न.पा. २ बस्ने वर्ष ४० का संगम क्षेत्री र ऐ.ऐ. बस्ने वर्ष अ. २४ को शिवशंकर साह रहेका छन् । जंगलबाट पक्राउ गरी सिमरा इलाका प्रहरीमा ल्याई निजले पिठयुमा बोकेको झोला चेकजाच गर्ने क्रममा झोलामा अन्दाजी ४.५ के.जी. गाँजा फेला परेको हुदा गाँजा सहित मोटरसाइकल.,चालक र पछाडी सवार मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु