२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन कुनै कसर बाँकी नराख्ने काँग्रेस क्षेत्रीय भेलाको निर्णय

२०७९ आश्विन २९, शनिबार मा प्रकाशित ( साल अघि) ४१३ पाठक संख्या

सिमरा, २९ असोजः साझा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन कुनै कसर बाँकी नराख्ने र नेपाली काग्रेसले हातेमालो गरी अगाडि बढ्ने बताएको छ । आज बाराको सिमरा स्थित होटल क्लासिकमा नेपाली काँग्रेस बारा क्षेत्र नं ४ ले आयोजना गरेको विस्तृत बैठकमा काग्रेसका सबै नेता कार्यकर्ताहरु एक भएर गठबनधनका उम्मेद्वारलाई जिताउन अघि बढ्ने बताइएको हो ।

1665848807777

साझा गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यमा कृष्ण कुमार श्रेष्ठ किसान, ४ क मा क्षेत्र बहादुर श्रेष्ठ अनिल, ४ ख मा जितेन्द्र सोनल उम्मेदवार बन्नुभएको छ । बैठकले निर्वाचनको प्रचार अभियानमा हातेमालो गर्दै अघि बढ्ने निर्णय गरेको छ । नेपाली काग्रेसका क्षेत्रिय सभापति सुनिल गुप्ताले साझा गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउने निर्णय भएको बताउनुभयो ।

1665844985069

‘क्षेत्रिय कार्य समितिको बिस्तारित बैठकमा नेपाली काग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, पूर्व श्रममन्त्रि तथा साझा गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशान, नेपाली काग्रेसकी आमन्त्रित केन्द्रिय सदस्य नारायणी रायमाझी निरु, नेपाली काँग्रेस मधेश प्रदेशका सहमहामन्त्रि जयनारायण यादव, निवर्तमान मधेश प्रदेश सभासदस्य शोभा लामा, नेपाली काँग्रेस बारा क्षेत्र नं ४ ख का सभापति लोकेश सिंह, जीतपुरसिमरा नगर सभापति छवि शर्मा, युवा नेता नवीन बराल, नेपाल तरुण दल बाराका अध्यक्ष लोकेश सिंहलगायतको उपस्थिति रहेको थियो

गठबन्धनले जिताउने विश्वास छ:  श्रेष्ठ

1665848459749

पूर्व श्रम मन्त्रि किसान आफू काँग्रेसलगायत गठबन्धनले जिताउँछ भनेर बारा आएको बताउनु भएको छ । कार्यक्रममा कलमको संगठन बलियो छ भनेर आएको होइन नेपाली काँग्रेसको विश्वासमा मलाई काँग्रेसले जिताउँछ भनेर आएको बताउनुभयो । उहाँले आफू तनहुँमा असाध्यै लोकप्रिय भएको र तनहुँ छोड्दा तनहुँका जनताले छाति पिटेर रोएको दावी गर्नुभयो । उहाँले अब ४ नं क्षेत्रले मधेसी र पहाडे, हिन्दु र मुश्लिमको नाममा राजनीति गर्ने जमाना गए, हामी एकजुट भएर गठबन्धनलाई जिताउनुपर्ने धाराणा रराख्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु