२०८१ श्रावण ४, शुक्रबार
नयाँ
पछिला अपडेट

बारा क्षेत्र नं ४ मा गठबन्धनको चुनाव परिचालन समिति गठन

२०७९ कार्तिक १, मंगलबार मा प्रकाशित ( साल अघि) २७३ पाठक संख्या

सिमरा, १ कात्तिकः बारा क्षेत्र नं ४ मा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनाव परिचालन समिति गठन भएको छ । नेपाली कांग्रेस बारा क्षेत्र नं ४ का क्षेत्रीय सभापतिको नेतृत्वमा चुनाव परिचालन समिति गठन भएको हो ।
परिचालन समितिमा बारा–४ का कांग्रेस क्षेत्रीय सभापति सुनिल गुप्ताको संयोजकत्वमा माओवादी केन्द्रका प्रेम बराल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सीताराम गुप्ता रहनुभएकाृे छ ।
आसन्न निर्वाचनका लागि बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार किसान श्रेष्ठ र प्रदेशसभा सदस्य तर्फ ४ (क) मा क्षेत्रबहादुर श्रेष्ठ (अनिल) र ४ (ख) मा जितेन्द्र सोनल रहनुभएको छ । कार्यक्रममा सत्ता गठबन्धनमा आवद्ध दलहरुले आफ्नो उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाएका छन् ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु