२०८१ अषाढ ३२, सोमबार
नयाँ
पछिला अपडेट

आफैँले पालेको हात्तीले माउतेलाई गर्यो आक्रमण, उपचारको क्रममा मृत्यु

२०७९ कार्तिक ४, शुक्रबार मा प्रकाशित ( साल अघि) २४८ पाठक संख्या

सीता अधिकारी
सिमरा, ४ कात्तिकः आफैँले पालेको हात्तीको आक्रमणबाट आज पर्सा राष्ट्रिय निकुञ्जमा कार्यरत एक माउतेको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जकोरामभोरीभाटा सेक्टर गडवालाइन पोष्टस्थित हात्तीसारमा आफैँले पालेको घरपालुवा हात्तीले माउतेलाई आक्रमण गर्दा मृत्यु भएको हो ।
जंगलबाट चराएर हाक्तीसारमा ल्याएर बाँध्ने त्रममा हात्तीले माऊते रमेशलाई आक्रमण गरेको थियो ।आज  अपरान्ह साँढे ४ बजे आक्रमण गरेको प्रमुख संरक्षण अधिकृत (वार्डेन) अशोक रामले जानकारी दिनुभयो । उहाँका अनुसार हात्तीको गम्भीर घाइते भएका बाराको जीतपुरसिमरा १५ निवासी माउते रमेश महराको वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु