२०८१ अषाढ ३०, शनिबार
नयाँ
पछिला अपडेट

ट्राफिक प्रहरीद्वारा अमलेखगञ्जमा चालकको स्वास्थ्य र गाडीको यान्त्रिक परीक्षण शिविरको आयोजना

२०७९ कार्तिक ५, शनिबार मा प्रकाशित ( साल अघि) २३८ पाठक संख्या

सीता अधिकारी
अमलेखगञ्ज, ५ कात्तिकः सुरक्षित यात्राका लागि ट्राफिक प्रहरी बाराले बेलाबेलामा विविध सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यसै सन्दर्भमा आज बाराको अमलेखगञ्जमा चालकको स्वास्थ्य जाँच, सवारी साधनको मेकानिकल परीक्षण तथा सचेतना कार्यक्रमको आयोजना गरेको हो ।

1666434974288

ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी उपरीक्षक एवं प्रहरी प्रमुख नान्तिराज गुरुंगले यात्रुवाहक सवारी साधन चलाउने चालकको स्वास्थ्य अवस्था, यात्रुवाहक सवारी साधनको यान्त्रिक अवस्थाका बारेमा परीक्षण गर्ने र समस्या वा खरावी देखिएमा उपचारात्मक पद्धतिमा जानको लागि सुझााव दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

1666435004637

शनिबार लामो तथा छोटो दुरीका यात्रुसवार बस तथा टाटा सुमोका चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । चालकहरुको स्वास्थ्य अवस्थामा समस्या हुँदा पनि सवारी दुर्घटना हुने गरेको, चालकले मादक पदार्थ तथा लागू औषध सेवन गर्ने जस्ता कारणले दुर्घटना निम्त्याउने, साथै सावारी साधन समयमा मर्मत नगर्ने, सवारी साधनको यान्त्रिकी परीक्षण नगरी चलाउने गर्दा दुर्घटना निम्तन सक्छ भन्दै ट्राफिक प्रहरी कार्यालयले शिविर सञ्चालन गरेको ट्राफिकका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

1666435025982
शिविरमा चालकको आँखा परीक्षण, रक्तचाप परीक्षण, सवारी साधनको यान्त्रिक परीक्षण गरिएको थियो । सचेतना शिविर आइतबार बिहानसम्म सञ्चालन गरिने प्रहरी निरीक्षक सुशिल आचार्यले बताउनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिका र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रमलाई विवेक अटोमोवाइल्स प्रा. लि छाता पिपरा, नेपाल मेडीसिटि वयोधा हसिपटल, पर्सा र नेपाल आँखा अस्पताल औराहा बाराको प्राविधिक सहयोगमा कायृक्रम सञ्चालन भएको हो । कायृक्रममा जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, बाराका प्रहरी प्रमुख होविन्द्र बोगटी, ट्राफिक प्रमुख नान्तिराज गुरुगं, इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमल्सेनालगायतका सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
1666435201815

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु