२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बाख्रा चराउन गएकी स्थानीय महिलामाथि आक्रमण गर्ने जंगली हात्तीको दाह्रा निकालियो

२०७९ कार्तिक ११, शुक्रबार मा प्रकाशित ( साल अघि) २५९ पाठक संख्या

सीता अधिकारी
सिमरा, ११ कात्तिकः पर्सा राष्ट्रिय निकुञ्जले मध्यवर्ती वन क्षेत्रभित्र बिहीबार बाख्रा चराउन गएकी स्थानीय महिलामाथि आक्रमण गर्ने जंगली हात्तीको दाह्रा निकालिदिएको छ । निकुञ्जले आज बिहान प्राविधिक टोलीको सहयोगमा डार्ट विधिवाट जंगली हात्तीको दुईवटा दाह्रा निकालेको हो ।

निकुञ्जले जंगली हात्तीलाई बेहोस गरेर डार्ट विधिबाट दाह्रा निकालेर पुनः होस् आएपछि जंगलमा छोडिएको विज्ञप्तिमा जनाएको छ । सो जंगली हात्तीले बिहीबार बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २१ की स्थानीय ५१ वर्षीय रुकैया खातुनलाई मध्यवर्ती क्षेत्रभित्र बाख्रा चराऊने क्रममा आत्रमण गरेर गम्भिर घाइते बनाएको थियो ।
गम्भिर घाइते खातुनको पछि उपचारको क्रममा मृत्यु भएको थियो । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोकरामले विज्ञप्ती निकालेर हात्ती नियन्त्रणभन्दा बाहिर गएको र थप क्षति गर्न सक्ने भएको हुनाले उक्त जंगली हात्तीलाई विभाागीय अनुमतिअनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहा, चितवनको प्राविधिक सहयोगमा ड्राट गरी बेहोस पारी हात्तीको दाह्रा काटी प्राकृतिक वासस्थानमा छाडिएको बताउनुभएको छ । जंगली हाक्तीले करिव २० दिनदेखि अमलेखगञ्ज क्षेत्रमा स्थानीयहरुलाई त्रसित बनाएको र जंगली हात्तीको आत्रमणको जोखिम भएकोले बाध्य भएर डार्ट गरेर दाह्रा निकाल्नुपरेको उहाँको भनाइ छ ।

1666968837972

Capture Nikunja

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु