२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

काँग्रेस प्रवक्ता महतद्वारा गठबन्धनका उम्मेद्वारलाई खुला मनले सहयोग गर्न अपिल

२०७९ कार्तिक २१, सोमबार मा प्रकाशित ( साल अघि) ३५४ पाठक संख्या

सिमरा, २१ कात्तिकः पाँच दलीय गठबन्धनका उम्मेद्वारलाई खुला मनले सहयोग गर्न नेपाली काँग्रेसका प्रवक्ता एवं प्रभावशाली नेता प्रकाश शरण महतले आफ्ना कार्यकर्तासँग आग्रह गर्नुभएको छ । निर्वाचन अभियानका क्रममा बारा आईपुग्नुभएका महतले सिमरामा आज ५ दलीय गठबन्धनका उम्मेदवार नै काँग्रेसको उम्मेदवार भएको बताउनुभएको हो ।

प्रेस युनियन बारा शाखाले सिमराको क्लासिक होटलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसका प्रचारप्रसार समितिका संयोजक तथा पार्टी प्रवक्ता समेत रहनुभएका नेता महतले काँग्रेस ठूलो दल भएकाले उदार हुनुपर्ने भएपनि परिणाम ल्याउन थोरै सिट नै महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो । नेता महतले देशमा स्थीरताका लागि, संविधान रक्षाका लागि, देशभित्रै रोजगारी प्राप्तिका लागि, देशभित्र उद्योग कलकारखाना सञ्चालनका लागि नेपाल र नेपालीलाई सम्वृद्धिमा पुर्याउनका लागि गठबन्धन आवश्यक भएको धारणा राख्नुभयो ।
‘अहिले देशभरी नै गठबन्धन भएको हो, त्यसकारण बारा ४ मा उम्मेदवार छैन् भनेर दुख मान्नुपर्ने अवस्था छैन, हामीले खुलेर उम्मेदवारहरुलाई सहयोग गर्नुपर्छ’ पत्रकार सम्मेलनमा महतले भन्नुभयो ‘हाम्रो उम्मेदवार नै अहिले किशान जी, अनिल जी र जितेन्द्र जी नै हो उहाँको भनाइ थियो ।
नेका प्रवक्ता महतले समानुपातिक निर्वाचनतर्फ भने नेपाली काँग्रेसको रुख चिह्नमा नै मतदान गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेपाल प्रेस यूनियन बारा शाखाका अध्यक्ष श्याम यादवको संयोजनमा भएको पत्रकार सम्मेलनको सचिव बसन्त खतिवडाले सहजीकरण गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु