२०८१ आश्विन २२, मंगलबार
नयाँ
पछिला अपडेट

जब सरकार प्रमुखले नै असुरक्षित छु भनेपछि…………

२०७९ कार्तिक २३, बुधबार मा प्रकाशित ( साल अघि) ४७७ पाठक संख्या

सीता अधिकारी
जब सरकार प्रमुख नै ‘म असुरक्षित छु’ भन्छन्, तब गम्भिर प्रश्न आउँछ , जनता कसरी सुरक्षित ? बाराको जीतपुरसिमराका मेयर राजन पौडेलले एक सार्वजनिक कार्यक्रममा आफैँ मातहतको पदीय दायित्व बोकेका व्यक्तिबाट असुरक्षित छु भनिरहँदा उनीहरुबाट शासित जनता कत्तिको सुरक्षित ? भन्ने प्रश्न उब्जनु अस्वभाविक होइन । एकाएक आफू असुरक्षित रहेको र सुरक्षाको माग राखिरहँदा सम्पूर्ण नगरवासी पनि चकित परेका छन् ।
नगरप्रमुख राजन पौडेलले आफू वडाध्यक्षबाट असुरक्षित भएको भन्दै सुरक्षा माग गरे । उनले भने, ‘म असुरक्षित छु । पालिका परिवार असुरक्षित छ। पालिकामा बसेर काम गर्ने वातावरण छैन’ । उनले कार्यपालिका सदस्यसमेत रहेका वडाध्यक्षले पटकपटक दलबलसहित आएर अराजकता प्रर्दशन गरेको भन्दै उनले सुरक्षा निकायले समेत आफूलाई सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको बताएका छन् ‘तालाबन्दी गरेको यो दोस्रोपटक हो’, उनले भने, नियमित उठिरहेको फोहरको नाममा विवाद झिकेर तालाबन्दी गरेको उनले बताए ।
स्थानीय सरकार भनेको नगर हो र त्यसको मातहतमा रहेको वडा सरकार पनि हो । यी दुवैका आआफ्नै काम कर्तव्य र अधिकार हुन्छन् । ऐन कानुन र नियममा रहेर जनताका कामलाई सहज बनाउनु यी दुवैको प्रमुख दायित्व हो । नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने पनि उनीहरुकै दायित्व भित्र पर्दछ ।
न्याय नपाएकालाई न्याय दिलाइदिने, समाजमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न यी दुवै सरकारको दायित्व हो । जनप्रतिनिधिका रुपमा चुनिएर गैसकेपछि ती जनप्रतिनिधिले आफ्नो पदीय मर्यादा भुलेर दलगत दृष्टिगोचर राख्ने गर्दा नै यो समस्या सिर्जना भएको देखिन्छ ।
स्थानीय निकायको निर्वाचन सम्पन्न भएको करिव ६ महिना वितेको छ । यो ६ महिनाको अवधिमा रस्साकस्सी र किचलोकै बीच नगरसभा सम्पन्न हुनुबाहेक कार्यपालिकाबाट देखिने गरी अन्य खासै उपलब्धिमूलक काम भएको देखिँदैन ।
देश संघीय प्रणालीमा गइसकेपछि सँघीय व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन दलीय चुनाव चिन्हको आधारमा भएता पनि चुनाव सम्पन्न भैसकेपछि पक्ष र प्रतिपक्ष, बहुमत र अल्पमतको अंकगणितीय खेलको परिकल्पना नै छैन । तर जीतपुर सिमरा उपमहानगर पालिकामा स्थानीय जन प्रतिनिधिहरुको यो दोस्रो कार्यकाल पनि अंकगणितीय जोडघटाउ र विवादमा नै जाने देखिँदैछ ।
पहिलो कार्यकालमा पनि वडा अध्यक्षहरु नै हावी भएर मेयरलाई कमजोर बनाउने खेलमा लागेको र आफूलाई पनि त्यस्तै गर्न खोजेको र कदापी त्यो मान्य नहुने मेयर पौडेलको जिकिर छ ।
विगतदेखि राजनीति हुँदै आएको फोहोरको विषयनै विवादको कारण बन्यो । जीतपुर सिमरा उपमहानगरपालिकाका वडा नं ७ का वडा अध्यक्षले आफ्ना जनप्रतिनिधिसहित वडावासीलाई लिएर फोहोर व्यवस्थापनका विषयमा मेयरलाई भेट्न नगरपालिका पुगे । नगरमा एकाएक चर्काचर्की हुँदै जाँदा नगरपालिकाको गेटमा ताला लगाएका वडाध्यक्ष सुनिल गुप्तालाई नगरभित्र निर्वाचन कार्य भईरहेको र तालाबन्दीले निर्वाचनमा समेत असर पर्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएपछि एकाएक घटना चर्किएर सडकको चक्काजामसम्म पुग्यो ।
समग्र नगरका प्रतिनिधि जुटेर नगर विकासमा लाग्नु पर्ने ठाउँमा यसरी झगडाको श्रृङखला बढ्दै जानुले नगर विकास प्रभावित हुने देखिन्छ । नगर तथा सबै वडाका सरकार प्रमुखलाई नगरका जनताले सम्भावनका रुपमा हेरेका छन् । वडा तथा नगरवासीका सपनामाथि कुठाराघात गर्ने कार्य कदापी गरिनुहँदैन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु