२०८१ श्रावण ४, शुक्रबार
नयाँ
पछिला अपडेट

छुट्टाछुट्टै दुर्घटनामा दुइको मृत्यु

२०७९ कार्तिक २३, बुधबार मा प्रकाशित ( साल अघि) २०६ पाठक संख्या

सिमरा, २३ कात्तिकः धान लोडर गरेर खेतबाट निस्किन लागेको ट्रयाक्टर पल्टिदा बुधवार साँझ पचरौतामा चालकको मृत्यु भएको छ । खेतबाट उकालो बाटोमा निकाल्ने क्रममा ट्रयाक्टरको अगाडी भाग उल्टिन पुग्दा चालकको सिटमा च्यापिएर मृत्यु भएको हो । मृत्यु हुनेमा सुवर्ण गाँउपालिका ३ बकतवाका २७ वर्षीय जवाहिर सहनी रहेका छन् ।पचरौता नगरपालिका ८ स्थित नहरको बाटो नजिक प्र २ ०३००१ त ४९९१ नम्बरको ट्रयाक्टर पल्टिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।
यस्तै दुर्घटनामा घाइते भएका एक जनाको उपचारको क्रममा आज मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नं १० मटिअर्वा निवासी लालबाबु खानको छोरा अ. बर्ष २० को अलखामुन खानको न्युरो अस्पताल परवानिपुर बारामा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार कलैया बिरगंज सडक खण्डमा कबिर पान पसाल आगाडी बिरगंजबाट कलैया तर्फ जादै गरेको स्कारपियोले बिपरीत दिशाबाट आउदै गरेको ना.४५ प १५८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कलैया मटिअर्वा बस्ने अशोक प्र.यादबको छोरा बर्ष २३ को अमित प्र.यादब घाइते भएका छन् । कार चालक भारत जिल्ला मोतिहारी अगर्वा –३ बस्ने अशोक शर्माको छोरा अ.बर्ष १९ को किसन कुमार शर्मा प्रहरी नियन्त्रणमा रहेको बताइएकाो छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु