२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

राष्ट्र बैँकको नयाँ नीतिमा सुधारको माग गर्दैे जीतपुरसिमराका व्यवसायीले बुझाए ज्ञापन पत्र

२०७९ कार्तिक २४, बिहिबार मा प्रकाशित ( साल अघि) ५३७ पाठक संख्या

सीता अधिकारी
सिमरा, २४ कात्तिकः नेपाल राष्ट्र बैँकको नयाँ नीतिमा सुधारको माग गर्दै बाराको जीतपुरसिमरा नगर उद्योग बाणिज्य सँघका पदाधिकारीले आज प्रधानमन्त्री कार्यालय तथा अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् । इलाका प्रशासन कार्यालय सिमरा र जिल्ला प्रशासन कार्यालय बारामार्फत बर्तमान बैकिंग कर्जा असुली शैली एवं ब्याजदर वृद्धि नीति अनुपयुक्त भएकोले सुधारको माग गर्दै नगर उद्योग वाणिज्य सँघका पदाधिकारीहरुले ज्ञापन पत्रमा बुझाएका हुन् ।
ज्ञापन पत्रमा ‘बैंक तथा वित्तीय संस्थाहरूको कूल निक्षेप वृद्धि नभए पनि निक्षेपमा ब्याजदर बढाउने आधा दर बढेको भन्दै पछिल्लो ६ महिनाको अवधिमा कर्जा ब्याजदर दोब्बर बनाउँदा,’ ‘आधिकारिक व्यापार विस्थापित हुन पुगेको र अनाधिकृत व्यापारले प्रश्रय पाएको यथार्थ छ ’ भनिएको छ । उद्योगी, व्यवसायीहरूले बैंक, ऋणी र निक्षेपकर्ता सबै बाह्य परिस्थितिको कारण एकअर्कालाई सहयोग गर्दै बाँच्नुपर्ने अवस्थाबारे गम्भीर हुन पनि सरकारसँग आग्रह गरेका छन् ।
निजी क्षेत्रले हाल भएका कर्जाहरूलाई चालु आर्थिक वर्षसम्म पुनर्तालिकीकरण गरी ब्याज बुझाउने म्याद ३५ दिनलाई नियमित मान्ने र लिलाम प्रक्रियालाई हाल स्थगित गर्न पनि माग गरेको छ । साथै ज्ञापनपत्रमा कोरोना महामारीका कारण थला परेको अर्थतन्त्र उकास्न विशेष कार्यक्रमको व्यवस्था गर्न र पर्यटनलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गरी कर्जा प्रवाह गर्न, गराउन सरकारसँग माग गरिएको छ ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेको नेतृत्वमा सँघका बाणिज्य उपाध्यक्ष गजेन्द्र गुप्ता , कोषाध्यक्ष रामबाबु कलवार, बाणिज्य सचिव विष्णु अधिकारी, सदस्यहरु रिना रौनियार पुरी , प्रदिप कुमार, रिता कँडेल , राजुराज गिरी, रन्जना तिवारीलगायतको सहभागिता रहेको थियो ।
सँघले यसअघि बैंक तथा बित्तीय समस्या समाधान गर्नका लागि पहलकदमीस्वरुप प्रथम चरणमा सरकारी निकाय र बैंकर्स क्लव साथै सरोकार निकायसँग अन्तरक्रिया सम्पन्न गरेको थियो भने दोस्रो चरणमा ज्ञापनपत्र बुझाएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु