२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

अष्ट्रियामा रहेका नेपालीहरूद्वारा निर्मित देशभक्तिपूर्ण म्यूजिक भिडियो ” नेपाली– हामी गोर्खाली” सार्वजनिक

२०७९ कार्तिक २८, सोमबार मा प्रकाशित ( साल अघि) ७६६ पाठक संख्या

 

अष्ट्रिया, २८ कात्तिकः अष्ट्रियामामा रहेका नेपालीहरूद्वारा निर्माण गरिएको देशभक्ति गीतको म्यूजिक भिडियो ” नेपाली– हामी गोर्खाली” शनिवार अष्ट्रियाको भियनामा सार्वजनिक गरिएको छ । अष्ट्रियाबासी नेपालीहरूका अभिभावक तथा जेष्ठ नागरिक हरि राणा, कार्यक्रमका ;भाध्यक्ष विकास कार्की र कार्यक्रम संयोजक शेखर लामाको हातबाट संयुक्त रुपमा एल्वम कभर ओपन तथा राणाको हातबाट भिडियो क्लिक गरी उक्त भिडियो रिलिज गरिएको हो ।
लामो समयदेखि अष्ट्रियामा रहेर नेपाली गीत संगीतको यात्रामा अनवरत लागिरहेका, गायक तथा संगीतकार शेखर लामा, गायिका सुजाता सेन्चुरी, मनि थेबे र निपोन लामाको स्वर रहेको गीतमा शेखर लामाको आफ्नै संगीत रहेको छ ।गीतकार शुभद्रा भण्डारीले पराई मुलुकमा पलपल तड्पिएर जीउनेहरूको कथा– ब्यथा अनि नेपाल र नेपाली हुनुको परिचय शब्दहरूमा समेट्दै सबैको मन छुने खालका शब्दहरू चयन गर्नुभएको छ ।
उक्त भिडियोको छायांङ्कन तथा सम्पादन महेन्द्र लिम्बुले गर्नुभएको छ भने निर्देशन शेखर लामा, मनि थेबे र विकाश कार्की र बहुचर्चित एरेन्जर राहुन प्रधानले संगित संयोजन गर्नुभएको छ । अष्ट्रियाका चिरपरिचित कलाकारहरू श्वेता वज्राचार्य, जपन राई, भुपेन्द्र गुरूङ्गले कोरियोग्राफी गरेका छन् भने अष्ट्रियामा रहेका स्थानिय कलाकारहरूले नृत्य तथा अभिनय गरेका छन् ।
अष्ट्रियावासी नेपाली समुदायका अभिभावक तथा जेष्ठ नागरिक, लेखक तथा नेपाली संस्था ”आना” का अध्यक्ष हरी राणाले मन्तव्यको क्रममा बधाई दिदै केही वर्ष पहिला अष्ट्रियामा जन्मिएका बालबालिकाहरूको फोटो, नेपालका राजा त्रिभुवनको पालाको पुरानो नेपाली सिक्का लगायतका पुराना चिनोहरू सार्वजनिक गर्नुभएको थियो ।
एनआरएनए अष्ट्रियाका अध्यक्ष तथा ऊक्त कार्यत्रमका वक्ता भवानी तिवारीले मन्तव्यको क्रममा गीतमा रहेका शब्दहरू सबैको मन मुटुमा बस्न सक्ने खालको रहेको, गायकहरू तथा गायिकाको सुमधुर स्वर तथा संगित उत्तिकै मिलेको अनी भिडियो छांयाङ्कन तथा सफल सम्पादनको कारण भिडियो उत्कृष्ट बनेको प्रतिकृया दिदै सम्पूर्णलाई बधाई दिनुभएको थियो ।
त्यसैगरी अर्का वक्ता निलम सेन्चुरीले सम्पूर्ण टिमलाई बधाई दिदै अष्ट्रियावासी नेपालीहरूले कहिल्यै नमर्ने एउटा कृती जन्माउन सफल भएको बताउनुभयो ।
भिडियो रिलिज कार्यक्रम अन्तर्गत प्रोजेक्टरद्वारा देखाईएको भिडियो हेरेर, हलमा उपस्थितहरूको अनुहारमा खुसी छाएको देखिन्थ्यो भने उपस्थितहरूले भिडियो ब्यवस्थापन समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
गायककारहरू शेखर लामा र मनि थेबेले नेपाली राष्ट्रभक्ती गीत गाएर गीतद्वारा उपस्थितहरूलाई स्वागत गरेका थिए भने भिडियो रिलिज पश्चात गायिका सुजाता सेन्चुरी र बालकलाकार नेहारिका खड्काको सांस्कृतिक प्रश्तुतीहरू रहेको थियो ।
भिडियोमा अष्ट्रियामा रहेका स्थानिय कलाकारहरू लक्ष्मी गिरी, ध्रुव पौडेल, प्रभु श्रेष्ट, कृष्ण कुमार श्रेष्ट, दिपक मल्ल , मोहन चौधरी,.विरेन्द्र ब. पुन, रोशन घिसिङ, मुक्त लामा , लक्ष्मण भुजेल, सिदु सेन्चुरी, भवानी तिवारी, कोपिला शाही ,कमला अधिकारी, राजन श्रेष्ट, आनन्द थापा, रिमा विष्ट, दुर्गा ढकाल, मलिसा गुरूङ, सचेता राई, रूकमिनी पौडेल ,शोभा शर्मा, निर्मला दुम्जन,लरिसा तामाङ्ग,प्रिया पौडेल,दिव्या ढकाल, जुनी मगर, साद्गी सेन्चुरी, शुसिला बोहोरा, सरू सुवेदी, गिता लामा, निरू कार्की तथा अष्ट्रियाबासी नेपाली बालकलाकारहरू लगायत करिब ५५ जनाको सहभागिता रहेको छ ।
ऊक्त कार्यत्रम गितकार शुभद्रा भण्डारी आफैले संचालन गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु