२०८१ श्रावण ८, मंगलबार
नयाँ
पछिला अपडेट

बारा क्षेत्र नं. ४(क) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका चौधरी निर्वाचित

२०७९ मंसिर ७, बुधबार मा प्रकाशित ( साल अघि) १९५ पाठक संख्या

 

सिमरा, ७ मंसिरः बारा क्षेत्र नं. ४(क) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी निर्वाचित हुनुभएको छ । चौधरील १३ हजार ६ सय नौ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार नौ सय उनानब्बे मत ल्याउनुभएको थियो । चौधरीले तीन हजार ६ सय २० मतको मतान्तरले श्रेष्ठलाई पराजित गर्नुभएको हो ।
यसैगरी तेस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार सन्तोष कुशवाहाले चार हजार एक सय ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका यम जर्का मगरले तीन हजार ६ सय ५६ मत प्राप्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु