२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जिल्लाकै एक मात्र महिला साँसद ज्वालाको विजय

२०७९ मंसिर ९, शुक्रबार मा प्रकाशित ( साल अघि) ३२४ पाठक संख्या

सीता अधिकारी

सिमरा, ९ मंसिरः बारा क्षेत्र नं. ३ बाट प्रतिनिसिसभा सदस्यमा नेकपा एमालेकी उम्मेदवार ज्वालाकुमार साह निर्वाचित हुनुभएको छ । साहले दुई हजार नौ सय ८२ मतान्तरले निर्वाचित हुनु भएको हो । साह बाराबाट निर्वाचित हुने एक मात्रै महिला सांसद हुनुहुन्छ ।

पूर्वमन्त्रीसमेत रहेकी साहले २० हजार दुई सय ५१ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिद्धन्द्धी रामबाबुकुमार यादवले १७ हजार दुई सय ६९ मत प्राप्त गर्नुभयो ।
जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश अध्यक्ष समेत रहेका यादव २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित सांसद हुन् भएको थियो
यस क्षेत्रमा गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार लालबाबु सिंहले ११ हजार नौ सय ६४ मत प्राप्त गर्नुभएको छ ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु