२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुर सिमराका व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रने

२०७९ मंसिर २४, शनिबार मा प्रकाशित ( साल अघि) ४२१ पाठक संख्या

सीता अधिकारी
सिमरा,२४ मंसिरः नेपाल राष्ट्रबैँकको गलत नीतिका कारण ब्याजदरमा वृद्धि भै व्यवसाय धरासायी हुने अवस्थामा पुगेको भन्दै जीतपुरसिमराका व्यवसायीहरु आन्दोलनमा उत्रिने भएका छन् । बाराको जीतपुर सिमरा उपमहानगरालिकाको नगर उद्योग वाणिज्य सँघमा र चेम्वर्स अफ कमर्समा आवद्ध विभिन्न व्यवसायीहरुले उक्त नीतिको विरोध गर्दै आन्दोलन गर्ने भएका हुन् ।
शनिबार सिमरास्थित होटल सिमरा इनमा बसेको व्यवसायीहरुको भेलाले यही मंसिर २६ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने सहमति जनाएका छन् । भेलाले राष्ट बैँकको चालु कर्जा पुँजि मार्गदर्शन २०७९ खारेजीको माग राखी सरकार र राष्ट बैँकको नीति विरुद्ध आन्दोलन गर्ने सहमति भएको चेम्वर्स अफ कमर्शका अध्यक्ष रुपेश पोख्रेलले जानकारी दिनुभयो ।
उद्योगी व्यवसायीहरुले केन्द्रको आन्दोलनलप्रति ऐक्यवद्धता जनाउँदै मंसिर २६ गते ब्यानरसहित १घन्टा शान्तिपूर्ण प्रदर्शन गर्ने तथा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने योजनासमेत रहेको नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताउनुभयो ।

आन्दोलन किन 
चालू पुजि कर्जासम्बन्धि राष्ट्र बैंकले जारी गरेको मार्गदर्शन २०७९ को कारण बैंक तथा बित्तीय सँस्थाहरुमार्फत उद्योगी तथा साना मझौला व्यावसायीहरुलाई गरिएको बिभेदपूर्ण व्यवहारकाकारण व्यवसायीहरु आत्महत्या गर्न बाध्य हुँदासमेत सरोकार एवं सबन्धित निकायको ध्यान पुग्न नसकेको भन्दै मार्गदर्शन २०७९ लाई खारेज वा २ बर्ष पछि सार्न संबन्धित सरोकारवाला निकायलाई अनुरोध गर्दा पनि वेवास्ता गरेकोले,
बिशेष गरी तरलता ब्यवस्थापन एवं बैंकहरुको औसत ब्याजदरको स्थायित्व नभएको कारण निजी क्षेत्रको लगानी सँकुचित भएकोले राजश्व स्वभाविक रुपमा घट्दै गएको, असर मुलुकको अर्थतन्त्रमा परेको हुँदा राष्ट्र बैंकद्वारा जारी मार्गदर्शनले नै जटिलता थपेको समग्र निजी क्षेत्रको दावी रहेकोले,
उत्पादन एवं सेवामुखी उद्योग व्यवसायलाई कम ब्याजदरमा कर्जा प्रवाह भएको खण्डमा आयात प्रतिस्थापन र निर्यात वृद्धि एवं बिदेशी मुद्रा आर्जन गर्न सकिनेतर्फ कार्यबिधिनै बनाएर सरकार अगाडि बढ्नुको विकल्प नरहेको भन्दै नेपालभर निजी क्षेत्रका संघ सँस्थाहरु बिशेष गरी जिल्ला, नगर उद्योग बाणिज्य संघहरुले गरेको आन्दोलन प्रति समर्थन र ऐक्यबद्धता जनाउँन आन्दोलन गर्नुपरेको व्यवसायीहरुले बताएका छन् ।
हेर्नुहोस् निर्णयः

1670657651293

1670657651287

1670657651298

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु