२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

यमगजको आतंकबाट मानवबस्ती जोगाउन सारियो हात्तीसार

२०७९ पौष ३, आईतबार मा प्रकाशित ( साल अघि) २९९ पाठक संख्या

सीता अधिकारी,
आधाभार (बारा), ३ पुसः जंगली हात्त्ती यमगजको आतंकबाट मानव वस्तीलगायत स्वयं हात्तीहरुलाई जोगाउन अन्यत्र सारिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज आधाभारले अमलेखगञ्जमा भएका ९ वटा हात्तीहरुलाई जंगली हात्ती यमगजको आतंकबाट जोगाउन र निकुञ्ज आसपासका मानववस्तीको संरक्षण गर्न भन्दै पालिएका हात्तीलाई हात्तीसारबाट स्थानान्तरण गरी भाटा सारेको हो ।

1671382459889                                                          हात्तीसार  भाटा

बाराको जीतपुरसिमरा वडा नं २१ अमलेखगन्जमा रहेका पोथी हात्तीहरुको आकर्षणमा परेको एक जङगली हात्तीका कारण सिंगो गाँउनै आतकिंत बन्न पुगेको थियो । रातदिन हात्तीसारमा भएका ढोईसँग सहबास गर्दै बसेको जङगली मत्ता हात्ती भोक लागेपछिसगै जोडिएको अमलेखगञ्ज गाँउ पसेर गाउँमा आंतक मच्चाउने गर्दथ्यो ।

1671382368388                                                   जंगली हात्ती यमगज

गाँउनै आंतकित बनाउदै आएको उक्त जंगली हात्तीले एक महिलाको ज्यानसमेत लिएको थियो ।
पर्सा राष्ट्रिय निकुन्जमा रहेको हात्तीसारको ढोईको आकर्षणमा परेको सो मत्ता हात्तीबाट बच्न स्थानीय रातभर जाग्राम बस्ने गरेका थिए । जङ्गली हात्तीले गाउँ पसेर आक्रमण गर्न थालेपछि कतिखेर ठुलो घटना हुने हो भन्ने डरले निकुञ्जका कर्मचारी , सुरक्षाकर्मी र स्थानीयसमेतले दिनरात गस्ती गर्ने गरेका थिए ।

निकुञ्जका रेञ्जर हिमाल पाठकले उद्दण्डता मच्चाउने मत्ता हात्ती यमगजलाई गाउँ पस्न नदिन र गाउलेलाई सुरक्षित गर्न निकुञ्जका सुरक्षाकर्मी, कर्मचारीको गस्ती र सुरक्षाको तारबार लगाउने काम गरिएपनि दुख दिन नछाडेकाले हात्तीहरुलाई अन्यत्र सार्नुपरेको बताउनुभयो ।

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु