२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

सिमरा साहित्य समाजद्वारा १३९ औँ लेखनाथ जयन्ति भव्यताको साथ मनाइयो

२०७९ पौष १६, शनिबार मा प्रकाशित ( साल अघि) ८१८ पाठक संख्या

सीता अधिकारी
सिमरा, १६ पुसः सिमरा साहित्य समाजको आयोजनामा १ सय ३९ औँ लेखनाथ जयन्ति भव्यताको साथ मनाइएको छ । पुस १५ गते कविशिरोमणि लेखनाथ पौड्यालको जन्म जयन्ति परेपनि सिमरा साहित्य समाजले कविशिरोमणिको जन्मजयन्ति शनिबार मनाइएको हो । कार्यक्रममा साहित्यका रामप्रसाद अधिकारलिे लेखनाथ पौड्यालको व्यक्तित्व र कृतित्वमाथि चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा संविधान सभा सदस्य डा. शोभाकर पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो ।

1672491945308

डा. पराजुलीले साहित्यले जहिले पनि प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले बाल कविहरुलाई इँगित गर्दै लेख्ने मानिसलाई पछिल्लो पुस्ताले पनि सम्झिरहने हुनाले लेखनलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो । कार्यक्रममा जीतपुरसिमरा सरकार प्रमुख राजन पौडेलले साहित्य, कला र संस्कृति जोगाउन नगरले काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
। कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख एवं साहित्य समाजका उपाध्यक्ष भोलाप्रसाद अधिकारी, संस्थापक अध्यक्ष रामप्रसाद अधिकारी, संस्थापक सचिव रामप्रसाद पोख्रेल, कविहरु प्रदीप धनञ्जय, राघव उपाध्याय, कृष्ण अधिकारी, राजु न्यौपाने, बालकविहरु रितिका अधिकारी, राजश्री बराल, जेनिसा घिमिरे, ऋषभमणि बराललगायतले आफ्नो रचना वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष सीता अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा पुस महिनामा जन्मिएका कविहरु भूपि शेरचन र युद्ध प्रसाद मिश्रलाई पनि सम्झना गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु