२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जेठो सहकारी जनकल्याण साकोसको २० औँ वार्षिक सभा सम्पन्न

२०७९ पौष १६, शनिबार मा प्रकाशित ( साल अघि) ३०३ पाठक संख्या

सीता अधिकारी
सिमरा, १६ पुसः जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराको २० औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । यस भेगकै जेठो सहकारी संस्था जनकल्याण वचत तथा ऋण सहकारी संस्था सिमराको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका जेष्ठ सदस्य ७९ वर्षका शालिकराम सुवेदीले पानसमा वत्ती बालेर उद्घाटन गर्नुभएको कार्यक्रममा संस्थाका अध्यक्ष कमला घिमिरेले अध्यक्षको प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो ।

1672494826006

विस २०५९ सालमा स्थापित यस सहकारीले निरन्तर प्रगति गर्दै गएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । पूर्ण रुपमा समुदायमा आधारित रहेर सदस्यहरुको आर्थिक सामाजिक स्तर उकास्न मद्यत गरेको संस्थाले आर्थिक वर्ष २०७८/०७९मा १८ प्रतिशत लाभाश वितरण गर्ने बताएको छ ।

संस्थालाई विभिन्न क्षेक्रबाट सहयोग गर्ने व्यत्तिहरु तथा विभिन्न विधामा उत्कृष्टता हासिल गरेकालाई सम्मान समेत गरिएको थियो ।

1672494773241

साधारण सभामा संस्थाको विभिन्न प्रतिवेदनहरु पारित गरिएको थियो ।साधारण सभामा शुभकामना मन्तब्य दिँदै मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरीले जनक्लयाण सहकारीले यस क्षेत्रका जनताको कल्याण गरेको अनुभूति भएको बताउनु भएको थियो । यस्तै उहाँले आफूले आउँदो दिनमा प्रदेश सभाको हैसियतले संस्थालाई सहयोग गरिरहने बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथिसमेत रहेको जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले सहकारीहरु ंसंख्यात्मकभन्दा गुणात्मक वृद्धि भई साधारण सदस्यहरुको जीवन उकास्ने कार्यक्रममा थप जोड दिनुपर्ने धारणा राख्नुभयो
कार्यक्रममा जीतपुरसिमराका नगर उपप्रमुख भोला प्रसाद अधिकारी, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख अशोक राम, जीतपुर–सिमरा उपमहानगरपालिका सहकारी शाखा प्रमुख सुदन चौधरी, वडा न २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ , समाजसेवी मनोज पौडेल, रवीन्द्र खकुरेल, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, जनकल्याण साकोसका पूर्व अध्यक्ष मधुशुदन सिटौला, संस्थाका सल्लाहकार मुकुन्दबहादुर क्षेत्री, मदनबहादुर क्षेत्री, रमेश पण्डित, सिमरा कलेज सञ्चालक समितिका अध्यक्ष अच्युतदेव सिटौला, सिमरा महिला साकोसका उपाध्यक्ष मुना खरेल, प्रभातफेरी दुग्ध सहकारुकिा अध्यक्ष नलिन्द्रबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न विधामा विभिन्न्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।कार्यक्रममा संस्थाका सदस्य सरिता राईले स्वागत गर्नुभएको थियो भने सञ्चालन कृष्ण सिग्देलले गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु