२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

आगोमा जलेर बारा उचिडीमा एक बृद्धा गम्भिर घाईते

२०७९ पौष २१, बिहिबार मा प्रकाशित ( साल अघि) २२२ पाठक संख्या

सिमरा, २१ पुसःआगो ताप्ने क्रममा जलेर जीतपुरसिमरा १८ उचिडीमा एक बृद्धा महिला गम्भिर घाईते भएकी छिन् । घाईते हुनेमा ६० वर्षीया किमैनादेवी यादव रहेकी छिन् ।

सुवर्ण गाँउपालिका ३ घर भई उचिडीमा बस्दै आएकी महिला आफ्नै घरको बरण्डामा बालेको आगो ताप्ने क्रममा जलेकी हुन् । लुगामा सल्किएको आगो फैलिएर उनको शरीरको विभिन्न भाग जलेको थियो ।

घाईते महिलाको कीर्तिपुर अस्पतालमा उपचार भईरहेको छ । कलैया प्रादेशिक अस्पताल र चितवन मेडिकल कलेज हुँदै घाईते महिलालाई कीर्तिपुर अस्पताल लगिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु