२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

चलचित्र ‘भूपति’को सिमरामा अफिसियल अनाउन्समेन्ट

२०७९ पौष २३, शनिबार मा प्रकाशित ( साल अघि) ६१९ पाठक संख्या

सीता अधिकारी
सिमरा, २३ पुसः मधेस प्रदेशको बारा पर्सामा छायाँकन हुने नेपाली कथानक चलचित्र ‘भूपति’ को शनिबार सिमरामा अफिसियल अनाउन्समेन्ट गरिएको छ । कामेश्वर चौरसिया फिल्मस् एण्ड प्रोडक्सन प्रालि र बि. एस. मेकर स्टुडियो प्रालि सिमराको संयुक्त लगानिमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र भूपतिको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत अफिसियल अनाउन्समेन्ट गरिएको हो ।
कामेश्वर चौरसिया फिल्मस् एण्ड प्रोडक्सन प्रालिका अध्यक्ष एवं कलाकार कामेश्वर चौरसियाको अध्यक्षतामा भएको प्रेस मिट कार्यक्रममा एक बेरोजगार युवाले संघर्ष गरेको विषयवस्तुमा आधारित चलचित्र निर्माण गर्न लागेको जानकारी दिइएको थियो ।
फागुन १ गते शुभमुहुर्त हुने चलचित्रमा कामेश्वर चौरसिया, सुनिता रसाइली, रियाज आचार्य, प्रदीप ढकाल, घनश्याम गिरी ईरसाद खानलगायतका कलाकारहरुले अभिनय गर्ने जानकारी दिइएको थियो । ७५ लाख रुपियाँको लागतमा निर्माण हुन लागेको चलचित्र २घण्टा ५ मिनेट लामो रहने बताइएको छ ।
कार्यक्रममा वरिष्ठ कलाकार एवं पर्यटन व्यवसायी युवराज लामा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ का वडाध्यक्ष सुनिल गुप्ता, इलाका प्रहरी कार्यालय सिमराका प्रमुख एवं प्रहरी नायव उपरीक्षक युवराज तिमल्सेना, व्यवसायी सुदिप लामा, युवा समाजसेवी राजकुमार लामा, सञ्चारकर्मी उपेन्द्र ठाकुरलगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासाको कलाकार कामेश्वर चौरसियाले प्रतिउत्तर दिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु