२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

दोस्रो डुमरवाना कप २०७९ आगामी माघ ३ गतेदेखि हुने

२०७९ पौष २६, मंगलबार मा प्रकाशित ( साल अघि) २८७ पाठक संख्या

सिमरा, २६ पुसः दोस्रो डुमरवाना कप २०७९ आगामी माघ ३ गतेदेखि हुने भएको छ । १४ गतेसम्म संचालन हुने नकआउट फुटबल प्रतियोगिता बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ स्थित जनमुखी युवा चारपाते क्लब डुमरवानाले आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा आयोजक टिमसहित १२ वटा टिमले भाग लिनेछन् । मंगलबार क्लबका तर्फबाट खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराइएको थियो ।
प्रतियोगितामा विजेता टिमले १ लाख १ हजारु १११ र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले ५० हजार १११ रुपैयाँ र ट्रफी पाउने बताइएको छ ।विभिन्न विधागत पुरस्कार र दैनिक एकजना खेलाडीलाई म्यानअफ दी म्याचको पुस्कार दिईने आयोजकले जनाएको छ । खेल करिब १० लाख रुपैयाँको लागतमा सम्पन्न हुने क्लबले जनाएको छ ।

आयोजनामा सहभागी हुने टिमहरुमा जनमुखि यूवा चारपाते क्लब(आयोजक), पर्सागढी यूवा स्पार्टस पकडिया बर्नियार, हेटौडा फुटबल एकेटेमी मकवानपुर, नेपाल खेलकुद क्लब चन्द्रपुर रौतहट, विरगजं यूथ एकेडेमी पर्सा रहेका छन् ।यस्तै विरगजं यूनाईटेड पर्सा, एभरेष्ट फुटबल एकेडेमी सर्लाही, मकवानपुर ११ मकवानपुर, बर्दिवास (एपिएफ) महत्तोरी, सिमरा भेट्रान सिमरा र बकुलिया ११ सहभागी रहने छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु