२०८१ कार्तिक २७, मंगलबार
नयाँ
पछिला अपडेट

सुनिल गुप्ताको अध्यक्षतामा सर्वसम्मत चयन भयो विद्यालय व्यवस्थापन समिति

२०७९ पौष २७, बुधबार मा प्रकाशित ( साल अघि) ११०६ पाठक संख्या

सीता अधिकारी
जीतपुर, २७ पुसः नगरको सबैभन्दा जेठो विद्यालय फकिरा गिरी राजेश्वर गिरी माविमा बुधबार व्यवस्थापन समिति गठन गरिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा रहेको श्री फकिरा गिरी राजेश्वर गिरी मा विमा सर्वसम्मत रुपमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।
स्थानीय शिक्षा ऐन २०७४ अनुसार उपमहानगरको वडा नं ७ का वडाध्यक्ष सुनिलकुमार गुप्ताको अध्यक्षतामा अभिभावक भेलाबाट व्यवस्थापन समिति सर्वसम्मत चयन गरिएको हो । समितिमा अभिभावकका तर्फबाट महिला सदस्य रिंकुदेवी कानु, रमेश कुमार सहनी ,अफरोज आलम र विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षका रुपमा अफताब मिया ठकुराई सर्वसम्मतले चुनिनुभएको छ ।

कार्यक्रममा मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरीले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, नगरका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख शिवजीप्रसाद साह, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं वडा नं ७ का पूर्व पडाध्यक्ष रामबाबु प्रसाद कलवार, शिक्षाप्रेमी देवी सापकोटा, समाजसेवी शिवजी साह सोनार लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विदालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सदस्यहरुलाई सम्मानपत्र समेत प्रदान गरिएको थियो । त्यसैगरी मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरी, उपप्रमुख भोला अधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान पत्र प्रदान गरिएको थियो ।

वडा नं ७ का वडाध्यक्ष समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक धनञ्जय गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो । विद्यालयका निमित्त प्रधानाध्यापक राजुकुमार सिंहलगायत विद्यालयका शिक्षकशिक्षिका तथा कर्मचारीका तर्फबाट अध्यक्षको कार्यकालको सफलताको कामना गर्दै वडाध्यक्ष एवं विव्यस अध्यक्ष सुनिल कुमार गुप्तालाई सम्मान पत्र प्रदान गरिएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु