२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

कोशेलीको आयोजनामा ५ महिलासहित ६२ जनाको रक्तदान

२०७९ पौष ३०, शनिबार मा प्रकाशित ( साल अघि) ३२७ पाठक संख्या

सिमरा, ३० पुसः बाराको जीतपुरसिमरा उपमहानगरपालिका २, हुलासमा शनिबार आयोजित रक्तदान कार्यत्रममा ६२ जनाले रक्तदान गरेका छन् । कोशेली युथ क्लबले आयोजना गरेको कार्यक्रममा पाँच महिला र ५७ पुरुषले रक्तदान गरेका हुन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस र मकर संक्रान्तिको अवसर पारेर क्लबले कार्यक्रमको आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटी पर्साको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा  रगतदान गरेको सचिव प्रकाश ढुंगानाले जानकारी दिनुभयो ।

क्लबका अध्यक्ष दधिर प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको रक्तदान कार्यत्रममा क्लबले स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने स्वास्थ्यकर्मीलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा डुमरवाना शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख डा. दीपक गिरीलगायत रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु