२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

पूर्व पश्चिम महेन्द्र राजमार्गको ५ किलोमा वयस्क हरिण मृत फेला

२०७९ माघ १५, आईतबार मा प्रकाशित ( साल अघि) ९१४ पाठक संख्या

सीता अधिकारी
सिमरा, १५ माघः पूर्व पश्चिम महेन्द्र राजमार्गको ५ किलोमा वयस्क हरिण मृत फेला परेको छ । नियमित रूपमा गस्ति गर्दै हिँडेको बेला वन गस्ती टोलीले जीतपुरसिमरा उपमहानगरपालिकाको दुधौराभन्दा २ कि.मि अगाडिको सडकखण्डबाट मृत हरिण बरामद गरेको सव डिभिजन वन कार्यालय पथलैयाका वन अधिकृत ललन राउत कुर्मीले जानकारी दिनुभयो ।
शनिबार राति करिव साँढे ९ बजेको समयमा गस्ति गरिरहेको बेला सडकमा करिव ७ /८ वर्षको भाले जातिको वयस्क हरिण मृत फेला परेको डिभिजन वन कार्यालय सिमरा बाराले जनाएको छ ।

वन अधिकृत कुर्मीका अनुसार राजमार्गमा तीव्र गतिले गुडेको गाडीले सडक पार गर्दै गरेको अवस्थामा हरिणलाई ठक्कर दिएको हो । ठक्कर दिने गाडी र चालकको खोजी भैरहेको बताइएको छ ।
जंगल क्षेत्रको सडक वन्यजन्तु मैत्री नभईदिँदा राजमार्गमा प्राय वन्यजन्तु दुर्घटनामा पर्ने गरेका छन् । बाराका वन क्षेत्रमा चित्तल, बँदेल, बाघ, हात्तीलगायतका वन्यजन्तुहरुसमेत रहने गरेकाले सवारी साधन चलाउँदा सावधानी अप्नाउनुपर्ने वन अधिकृत कुर्मीको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु