२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

एकदिन मै लेखियो महाकाव्य

२०७९ माघ १७, मंगलबार मा प्रकाशित ( साल अघि) ६८० पाठक संख्या

सीता अधिकारी
सिमरा, १७ माघः आशुकवि चन्द्रमणि अधिकारीले एकदिनमै जानकी महाकाव्य लेख्नुभएको छ । नौ छन्दको प्रयोग गरी नौ सर्ग, ६ सय २२ श्लोकमा एक दिनमै जानकी महाकाव्य लेख्नुभएको हो ।
तनहुँ जिल्लाको म्याग्दी गाउँपालिकाका अविरल आश्थामणि साहित्यिक नामबाट परिचित आशुकवि चन्द्रमणि अधिकारीले जनकपुरधामको याज्ञवल्क्य ज्ञानकूप संस्कृत विद्यालयको सभाकक्षमा बसी महाकाव्य लेख्नुभएको हो ।
अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज नेपाल च्याप्टर मधेस प्रदेश समिति र बलेसी साहित्य समाज नेपालको सम्युक्त तत्वावधानमा आयोजन गरिएको हो । लेखन कार्यलाइर् १२/१२ घन्टामा बाँडिएको थियो । पहिलो दिन बिहान साँढे १०बजेदेखि लेखन प्रारम्भ गरेर राति साँढे १० बजेसम्म लेखिएको थियो भने एकघन्टा विश्राम लिइएको थियो । रातमा बिश्राम गरी पुनः बिहान सवा ७ बजेदखि वहांको लेखन कार्य सुरु बीचमा डेढ घन्टा बिश्राम गरि लेखन कार्य निरन्तरता दिँदै राति साँढे ९ बजे लेखन कार्य समाप्त भएको थियो ।

1675173815903
एक नं प्रदेश तथा मधेस प्रदेशका साहित्यिक सर्जकहरुको सहभागिता रहेको त्यस कार्यक्रममा अधिकारीलाई अलङ्करण अभिनन्दन गरिएको थियो र अभिनव व्यासको उपाधीले विभुषित गरिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज मधेश प्रदेशका अध्यक्ष निला घिमिरेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु