२०८१ फागुन ५, सोमबार
नयाँ
पछिला अपडेट

प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको तयारी पूरा, उद्घाटन गर्न गगन थापा आउने

२०७९ माघ १९, बिहिबार मा प्रकाशित ( साल अघि) ४२४ पाठक संख्या

सीता अधिकारी
सिमरा, १९ माघः नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति चयन गरिएको छ । नेपाल प्रेस यूनियन बारा शाखाको आतिथ्यतामा आउँदो शनिबार कलैयामा हुन लागेको प्रदेश अधिवेशन सम्पन्न गर्न विभिन्न उप समिति चयन गरिएको हो ।
कलैयास्थित करणराज पार्टी प्यालेसमा  हुने प्रथम अधिवेशन सम्पन्न गर्न आज नेपाल प्रेस युनियनको बसेको बैठकले विभिन्न उप समिति निर्माण गरेको बताइएको छ ।  नेपाल प्रेस यूनियनको अधिवेशनको सुरुवात आउँदो शनिबार भनिएपनि भोलि शुक्रबार नै हुने भएको छ । २१ र २२ गते भनिएको कार्यक्रम २० र २१ गते हुने भएको हो । यो सँगै प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको तयारी पूरा भएको बताइएको छ ।
कार्यक्रमका लागि आवास व्यवस्थापन उप समिति संयोजकमा साजिर मन्सूर,भोजन व्यवस्थापन उप समिति संयोजकमा उमाशंकर कुश्वाहा, मञ्च तयारी उप समितिको संयोजक सन्जिव मिश्रा, स्वागत सत्कार उप समिति संयोजकमा श्याम यादव, सूचना तथा प्रचारप्रसार एवम् घोषणापत्र तयारी उप समिति संयोजकमा गुरुप्रसाद गौतम सदस्यहरूमा वसन्त खतिवडा, रेशम तिवारी र निबेश तिमिल्सिना चयन हुनु भएको छ ।
प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशन कार्यक्रमको उदघाटन गर्न नेपाली काङ्ग्रेसका केन्द्रिय महामन्त्री गगन थापा कलैया आउने युनियनका अध्यक्ष श्याम यादवले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु