२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बाराको रतनपुरमा वनसम्बन्धी अन्तरक्रिया गोष्ठी आयोजना, सबैको समन्वयमा मात्र वन संरक्षण हुनसक्ने

२०७९ माघ २५, बुधबार मा प्रकाशित ( साल अघि) ४१२ पाठक संख्या

सीता अधिकारी
रतनपुर, २५ माघः नीजगढ नगरपालिकाको रतनपुरमा मंगलबार वनसम्बनधी अन्तरक्रिया गोष्ठी आयोजना गरिएको छ । बाराको रतनपुर सबडिभिजन वन अन्तरगत रहेका ११ वटा सामुदायिक वनलाई सबलीकरण गर्ने, वन संरक्षणको क्षेत्रमा महिला सहभागिता बढाउने, स्थानीय सरकार र वनवीचको सम्बन्ध प्रगाढ बनाउने, सामुदायिक वनका कार्ययोजनाहरुलाई प्रयोग र उपयोगितामा ल्याउने ऊद्देश्यले वन संरक्षणसम्बन्धि अर्न्तक्रिया कार्यत्रम आयोजना गरिएको हो । ।

डिभिजन वन कार्यालय बारा सिमराको आयोजनामा स्थानीय सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, सदस्य, जनप्रतिनिधि र उपभोक्तालाई सहझागी गराएर अर्न्तक्रिया गरिएको थियो । कार्यत्रममा नीजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले सामुदायिक वन संरक्षण र सदुपयोगको लागि उपभोक्ताहरु जागरुक हुनुपर्ने बताउनुभयो । उहाँले उपभोक्ताको प्रतक्ष्य सहभागितामा वनको संरक्षण र वन पैदावारको उपभोग गर्ने अवधारणाअनुसार सामुदायिक वन हस्तान्तरण गरिएको पनि बताउनुभयो । नीजगढ नगरपालिकाको वन ऐन राजपत्रमा प्रकाशित गर्न लागिएको जानकारी गराउँदै उहाँले सबै सामुदायिक वनको व्यवस्थापन गर्न समितिका पदाधिकारी लगायत उपभोक्तालाई समेत काम कर्तव्य र अधिकारका वारेमा जानकारी दिनुपर्ने धारणा राख्नुभयो ।

1675820414641

त्यसैगरी डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले वन कर्मचारी र उपभोक्ताहरु मिलेर काम गर्दा मात्रै सामुदायिक वनको संरक्षण र विकास हुनसक्ने बताउनुभयो ।सामुदायिक वन संरक्षणमा नेपालले विश्वमै नमुना काम गरेको उल्लेख गर्दै उहाँले वन समूहलाई सहयोग गर्न आफू सदैब तयार रहेको पनि बताउनुभयो ।

1675820386670

सामुदायिक वन दीगो वन व्यवस्थापन, जीविकोपार्जन, सुशासन , बहु वन पैदावार आपूर्ति गर्ने लगायतका सिद्धान्तमा आधारित रहेकोले सबै सरोकार निकाय संरक्षणमा जुट्नुपर्नै वन प्रमुख सिंहको धारणा थियो ।

कार्यक्रममा नीजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिंगले समन्वय गरेर काम गरे सामुदायिक वनबाट उपभोक्ताले धेरै फाइदा लिन सक्ने धारण राख्नुभयो ।

1675820403930

कार्यक्रममा वडा नं ११ का वडाध्यक्ष सहइया गुरो, वडा नं १२ का वडाध्यक्ष ज्ञानबहादुर गोले, वडा नं १३ का वडाध्यक्ष सूर्यबहादुर घलान, चोरी सिकारी नियन्त्रण सञ्जालका अध्यक्ष इन्द्रलाल श्रेष्ठ, पथलैया सब डिभिजन कार्यालयका सहायक वन अधिकृत ललन राउत कुर्मी, रतनपुरी सवडिभिजन वन कार्यालयका इन्चार्ज महमद् हुसेन रतनपुर खानेपानी उपभोक्ता समितिका प्रमुख शंकर रुम्बा, धारापानी सामुदायिक वनका अध्यक्ष उमेश घलान, पत्रकार गोकुल घोरासाइने लगायतले वन संरक्षणसम्बन्धि मन्तव्य राख्नुभएको थियो ।

सामुदायिक वन उपभोक्ता समूह सञ्जाल रतनपुरको समन्वयमा भएको सो कार्यक्रममा रतनपुर क्षेत्रका ११ वटा सामुदायिक वन समूहका पदाधिकारीसहित ५० जनाभन्दा बढीको सहभागिता रहेको सञ्जालका अध्यक्ष धनबहादुर खुलालले जानकारी दिनुभयो ।

1675820354772

ऊक्त कार्यत्रमको अध्यक्षता जनमुखी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगजीवन कुमरले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सहायक वन अधिकृत जवाहरलालप्रसाद कुर्मीले गर्नुभएको थियो ।

1675820316998

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु