२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

शुक्रबारदेखि जीतपुरमा जिल्लास्तरीय कराँते प्रतियोगिता हुने

२०७९ फागुन १०, बुधबार मा प्रकाशित ( साल अघि) ८५० पाठक संख्या

सीता अधिकारी
सिमरा, १० फागुनःशुक्रबारदेखि बाराको जीतपुरमा जिल्लास्तरीय कराँते प्रतियोगिता हुने भएको छ । नेपाल सितोरियो कराँते जीतपुर डोजो शाखाको आयोजनामा
फागुन १२ र १३  गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा सिमरा, जीतपुर, कलैया, अमलेखगंज, रमौली र छातापिपरास्थित डोजोले सहभागिता जनाउने आयोजक डोजो शाखाका संयोजक एवं प्रशिक्षक मनोजकुमार साहले जानकारी दिनुभयो । आयोजकका अनुसार प्रतियोगितामा तीन सयभन्दा बढी खेलाडीको सहभागिता रहनेछ ।

1677072454455

जीतसिमरा उपमहानगरपालिका वडा नं ७ को जीतपुरस्थित शान्ति टोल खेल मैदानमा हुने प्रतियोगिता करिब चार लाख ३५ हजार ५ सयको अनुमानित लागतमा सम्पन्न हुने बताइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले पाँच हजार नगद प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

प्रतियोगिता सम्पन्न गर्न जीतपुरसिमरा उपमहानगरपालिका, जीतपुरसिमरा वडा नं. ७, बाबा हार्डवेयर, आरम्भ ट्रेडिङ, राजा स्क्रिन प्रिन्टिङ, रेबन फूलट्रिप ढुवानी सेवा एण्ड सप्लायर्सलगायतको सहयोग रहेको बताइएको छ । साहको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मलेनमा संस्थाका संस्थापक एवं समाजसेवी घनश्याम गिरी, संस्थापक मुनी राउत, नेपाल कराते सँघ बाराका अध्यक्ष सानोबाबु कुर्मी, श्रीराम साह कानु, अफताव आलमलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रञ्जन यादवले गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु