२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

तराई यातायातमा ओमकृष्ण कार्कीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति

२०७९ फागुन २०, शनिबार मा प्रकाशित ( साल अघि) ५६१ पाठक संख्या

सीता अधिकारी
सिमरा, २० फागुनः तराई यातायात व्यवसायी संघको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशनबाट अध्यक्षमा ओमकृष्ण कार्की सर्वसम्मत चयन हुनुभएको छ । संघको शुक्रवार सम्पन्न छैटौं अधिवेशनको बन्दसत्रले पूर्व अध्यक्षसमेत रहनुभएका कार्कीको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा सोहेल अख्तर अंसारी, केन्द्रीय उपाध्यक्ष जीवन श्रेष्ठ, पूर्व उपाध्यक्ष वीरेन्द्र कार्की, पश्चिम उपाध्यक्ष कुमार राई, उत्तर क्षेत्रीय उपाध्यक्ष बोधराज आचार्य (दिनेश) , दक्षिण उपाध्यक्ष उम्केश्वर प्रसाद रौनियार (ओम) ,महासचिव अर्जुन अधिकारी, उपमहासचिव देव श्रेष्ठ, सचिव रामबहादुर कार्की, लोकराज पौडेल (मधु) मनोज यादव, सहसचिव तुफान फारुक अञ्सारी, कोषाध्यक्ष नारायण घिमिरे, सहकोषाध्यक्ष नविन थापालगायत रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा सुदिप रिमाल, दिलुमाया श्रेष्ठ, लोकबहादुर पोख्रेल, मदनराज कंसाकार, विजय रञ्जितकार, करणकुमार चौधरी, राजादिन बाबु, उत्तमकुमार पौडेल, सञ्जयकुमार गुप्तालगायत रहनुभएको छ । अधिवेशनको बन्दसत्रले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
५ जना सदस्य भने कार्यसमितिले मनोनित गर्नेछ ।

1677877615715

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु