२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

ब्राइटरले मनायो आफ्नो २२ औँ वार्षिकोत्सव

२०७९ फागुन २७, शनिबार मा प्रकाशित ( साल अघि) ३७६ पाठक संख्या

सीता अधिकारी
सिमरा, २७ फागुनः बाराको सिमरामा रहेको ब्राइटर एकेडेमीले आफ्नो २२ औँ वार्षिकोत्सव मनाएको छ । शनिबार विद्यालयले विद्यार्थीको विभिन्न प्रस्तुति तथा कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।
विद्यालयका  वरिष्ठ शिक्षक कुलबहादुर खड्काको सभाध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपािलकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले गर्नुभएको थियो ।

1678543728502

कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजुकुमार कार्कीले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

1678543753617
कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले गीत, नृत्य, नाटकलगायतका विभिन्न प्रस्तुति प्रदर्शन गरेका थिए ।कार्यक्रममा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष ताराबहादुर कार्की, एन प्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

1678543615217

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु