२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

तराई यातायात व्यवसायी सँघका नवनिर्वाचित पदाधिकारीले गरे पदभार तथा शपथ ग्रहण

२०७९ फागुन २९, सोमबार मा प्रकाशित ( साल अघि) ३०७ पाठक संख्या

सीता अधिकारी
सिमरा, २९ फागुनः तराई यातायात व्यवसायी सँघ सिमराका नव निर्वाचित पदाधिकारीले सोमबार पदभार तथा शपथ ग्रहण गरेका छन् । सँघका नव निर्वाचित पदाधिकारीले एक कार्यक्रमका बिच पदभार तथा शपथ ग्रहण गरेका हुन् ।

1678712341136
निर्वाचन समितिका संयोजक मुकुन्दबहादुर क्षेत्रीको सभाध्यक्षतामा भएको कार्यक्रममा पूर्व श्रममन्त्री एवं सँघीय साँसद कृष्णकुमार श्रेष्ठ ‘किसान’को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मधेश प्रदेश साँसद देवनारायण चौधरी, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, नारायणी यातायातका पूर्व अध्यक्ष बद्रीप्रसाद चौलागाईँ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
होम तथा पूजा आजासहित नव निर्वाचित पदाधिकारीले गरेका पदभार तथा सपथ ग्रहणले यातायात क्षेत्रमा भएका वेथितिहरु निर्मूल भएर जानेमा यातायात व्यवसायीहरु आशावादी भएका छन् । तराई यातायात व्यवसायी संघको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशनबाट छैटौं अधिवेशनको बन्दसत्रले पूर्व अध्यक्षसमेत रहनुभएका कार्कीको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु