२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

बाराको उत्कृष्ट सहकारी सिमरा महिला साकोसमा सुरु भयो तीन दिने वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम

२०७९ चैत्र १, बुधबार मा प्रकाशित ( साल अघि) ९१० पाठक संख्या

सीता अधिकारी
सिमरा, १ चैत: महिलाहरुद्वारा सञ्चालित बाराको उत्कृष्ट सहकारी सिमरा महिला साकोसको आयोजनामा वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम सुरु गरिएको छ । तीन दिनसम्म चल्ने तालिम बुधबारबाट संस्थाकै सभाकक्षमा सुरु गरिएको हो ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ( समृद्धि) को सहयोगमा तीन दिनसम्म सञ्चालन हुने तालिममा सहकारी संस्थामा आबद्ध १५ जना शेयर सदस्य र अन्य १० जना गरी २५ जनाको सहभागिता रहेको छ । लागतको ७५ प्रतिशत समृद्धि संस्थाको र आयोजक संस्थाको २५ प्रतिशत लगानीमा तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ ।

1678864667969
महिलाहरुलाई आर्थिक ज्ञान दिन र ऋण लिइसकेपछि कसरी त्यसलाई व्यवसायमा लगाउन सकिन्छ भन्ने बारेमा चेतना जगाउन तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष अनिता लम्सालले जानकारी दिनुभयो । तालिममा सहकारी विज्ञ प्रकाश पाण्डे र संस्थाका उपाध्यक्ष मुना खरेलले सहजीकरण गर्नुहुने संस्थाले जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले उद्घाटन गर्नुभएको कार्यक्रम संस्थाका सचिव भिमादेवीले शर्माले सञ्चालन गर्नुभएको थियो भने स्वागत कोषाध्यक्ष गीता शर्माले गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु