२०८१ फागुन ६, मंगलबार
नयाँ
पछिला अपडेट

मुलुकको तेस्रो उपराष्ट्रपतिमा बाराका यादव निर्वाचित

२०७९ चैत्र ३, शुक्रबार मा प्रकाशित ( साल अघि) ३३२ पाठक संख्या

सिमरा, ३ चैतः बाराका रामसहाय यादव शुक्रवार उपराष्ट्रपति पदमा निर्वाचित भएको छ । जनता समाजवादी पार्टीका संसदीय दलका नेतासमेत रहनु भएका यादव देशको तेस्रो उपराष्ट्रपतिको रुपमा निर्वाचित हुनुभएको हो ।

बाराको कलैया उपमहानगरपालिका ५ का यादव बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित सांसद हुनुहुन्छ । उहाँ गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट दोस्रो पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । यसअघि २०७४ सालमा पहिलो पटक प्रत्यक्ष चुनाव लड्दै प्रतिनिधिसभामा सदस्यमा निर्वाचित यादव २०७८ सालमा वनमन्त्री समेत बन्नुभएको थियो ।

जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको विश्वासपात्रका रुपमा रहदै आउनु भएका यादव शिक्षण क्षेत्रबाट राजनीतिमा प्रवेश गर्नुभएको हो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु