२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरको फकिरा गिरी राजेश्वर गिरी माविको वार्षिक परीक्षा फल प्रकाशित, विद्यालय प्रथम हुनेलाई नगदसहित सम्मान

२०७९ चैत्र ३०, बिहिबार मा प्रकाशित ( साल अघि) २५२ पाठक संख्या

सीता अधिकारी
सिमरा, ३० चैतः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ जीतपुरमा रहेको फकिरा गिरी राजेश्वर गिरी मावि जीतपुरले बिहीबार वार्षिक परीक्षाफल प्रकाशित गरेको छ । विद्यालयले बालविकास कक्षा देखि कक्षा ९ सम्मको परीक्षाफल प्रकाशित गरेको हो ।
परीक्षाफल प्रकाशित कार्यक्रममा कक्षा गत रुपमा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार र मेडल प्रदान गरिएको थियो ।

1681386388163
कार्यक्रममा छात्रहरुका तर्फबाट कक्षा ६ का छात्र विकास जैशवाल र छात्राहरुका तर्फबाट कक्षा ५ की छात्रा मुस्कान कुमारी विद्यालय प्रथम हुन सफल भएका थिए । उनीहरु दुवैलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं डा नं ७ का वडाध्यक्ष सुनिल गुप्ताले शैक्षिक सामग्री खरिदका लागि जनही १ हजार १ सय रुपिया नगद र झोला तथा मेडल प्रदान गर्नुभयो । त्यस्तै गरी विद्यालयभरिकी अनुशासित छात्राको रुपमा कक्षा नौ की छात्रा पूजा कुमारीलाई शैक्षिक सामग्री, मेडल र एक हजार १ सय नगद प्रदान गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक राजुकुमार सिंहको सभाध्यक्षतामा भएको कार्यक्रममा जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता, समाजसेवी अनिल गुप्ता, वडा नं ७ का वडा सदस्य सीता उप्रेती, विद्यालय व्यवस्थापन समिति सदस्य ललिता पासवान, विन्देश्वर सहनी, पत्रकार अनिल तिवारी, विद्यालयका वरिष्ठ शिक्षक सञ्जय पटेललगायत शिक्षक शिक्षिका, कर्मचारी,अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक धनन्जय गौतमको रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु