२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरामा दरवन्दी मिलानको तयारी, विव्यसबाट गुनासो आएका शिक्षक तथा प्रधानाध्यापकलाई पनि अन्यत्र पदस्थापन गरिने

२०८० बैशाख १०, आईतबार मा प्रकाशित ( साल अघि) ५६० पाठक संख्या

सीता अधिकारी
सिमरा, १० बैशाखः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक दरवन्दी मिलान गर्ने भएको छ । उपमहानगरभित्रका विद्यालयहरुमा शिक्षक दरवन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७९ निर्माण र प्रमाणीकरण गरी शिक्षक दरबन्दी मिलान गर्न लागेको हो ।
उपमहानगरपालिका भित्र रहेका विद्यालयमा शिक्षाको गुणस्तर वृद्धि गर्न, शिक्षक विद्यार्थी संखया अनुपात तथा कक्षागत रुपमा शिक्षकको व्यवस्थापन गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४को परिच्छेद ३ को दफा ११(ज) तथा शिक्षा ऐन २०७५को परिच्छेद ४ को दफा १८ (ख) ९ र दफा ४८ को २ ले दिएको अधिकार बमोजिम जीतपुरसिमरा उप महानगरपालिकाद्वारा जारी शिक्षक दरवन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७९ अनुसार शिक्षक दरवन्दी मिलान सरुवा तथा पदस्थापना गर्दा सरुवा भै आउने र जाने दुवै विद्यालय व्यवस्थापन समितिसँग सहमति लिइनेछ । त्यस्तै, एउटै विद्यालयमा पाँच वर्ष वा सो भन्दा बढि सेवा पूरा गरेका सबै शिक्षकलाई अनिवार्य रुपमा क्रमशः दरवन्दी मिलान तथा पदस्थापन गरिने छ । तर अवकाश हुन एक वर्ष बाँकी शिक्षकको हकमा यो नियम लागू नहुने कार्यविधिमा उल्लेख गरिएको छ ।
यसैगरी विद्यालयमा राम्रो कार्य सम्पादन गर्न नसकेका, विद्यालय व्यवस्थापन समितिबाट पटक पटक गुनासो आएका शिक्षक तथा प्रधानाध्यापकमाथि छानविन गरी दरवन्दी मिलान तथा पदस्थापना गरिने कार्यविधिमा उल्लेख गरिएको छ ।
यस्तै विद्यालयको तहगत शिक्षक विद्यार्थी अनुपातको आधारमा शिक्षक दरवन्दी मिलान गर्दा कक्षा १–३ सञ्चालन भएको आधारभूत विद्यालयमा न्यूनतम ३ जना, कक्षा १–५ सञ्चालन भएको विद्यालयमा न्यूनतम ५ जना, कक्षा ६–८ सञ्चालन भएको आधारभूत तहको १–८ सम्मको विद्यालयमा निमावि तहको न्यूनतम ४ जना विषयगत शिक्षक, कक्षा ९ –१० सञ्चालन भएको माध्यमिक तहको विद्यालयमा ५ जनासम्म विषयगत शिक्षक व्यवस्थापन गर्न सकिने कायृविधिमा उल्लेख गरिएको छ ।
विद्यालयमा न्यूनतम विद्यार्थी संख्या कायम गर्दा कक्षा १–३मा सञ्चालित विद्यालयमा कम्तीमा ५० जना, कक्षा १–५ सञ्चालन भएको विद्यालयमा कम्तिमा ७५ जना, कक्षा १–८ सञ्चालन भएको विद्यालयमा कम्तिमा १५० विद्यार्थी संख्या हुनुपर्ने उल्लेख गरिएको छ । एउटै कक्षामा विद्यार्थी संख्या बढी भै सेक्सन खोल्नुपर्ने अवस्थामा प्रतिकक्षा ५० जना मापदण्ड बमोजिमको विद्यार्थी संख्याको ६० प्रतिशतभन्दा बढी अर्थात ८० जना विद्यार्थी भएमा सेक्सनको व्यवस्था गरी प्रति सेक्सन १ जना शिक्षक थप गरी गणना गर्न सकिने तर भौगोलिक विकटताका कारण समायोजन गर्न नसकिने विद्यालयहरुमा कक्षाअनुसार शिक्षक दरवन्दी कायम गरिने उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु