२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

सिमरामा पहिलोपटक प्रदेशस्तरीय कराँते प्रतियोगिता हुने

२०८० जेष्ठ १८, बिहिबार मा प्रकाशित ( साल अघि) २४७ पाठक संख्या

सीता अधिकारी
सिमरा, १८ जेठः बाराको सिमरामा प्रथम प्रदेश स्तरीय कराँते प्रतियोगिता हुने भएको छ । नेपाल सितोरियो कराँते डोजाङ सिमराले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जेठ १९ र २० गते मधेस प्रदेश स्तरीय प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।
प्रतियोगितामा मधेस प्रदेशको प्रत्येक जिल्लाबाट २० जना जनाका दरले एक सय ६० खेलाडीले सहभागिता जनाउनेछन् । दुई दिनसम्म आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ १० वटा तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएका छन् ।

डोजाङ प्रमुख सानु पटेलका अनुसार एकल कातातर्फ महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य प्रायोजनमा आयोजना हुन लागेको प्रतियोगितामा अन्य संघसंस्था तथा स्थानीय खेलप्रेमीले सहयोग गर्ने पटेलले जानकारी दिनुभएको छ ।

सिमरा खानेपानी तथा उपभोक्ता सरसफाई समितिका अध्यक्ष कासिम हुसेनको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा कराँते प्रशिक्षक हिमालचन्द्र अधिकारी, खानेपानी कार्यालयका प्रमुख सुरज वैद्य, नेपाल पत्रकार महासँघका बाराका सचिव अनिल गौरवलगायको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी प्रदीप गौतमले गनुभएको थियो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु