सीता अधिकारी
सिमरा, २० जेठः हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आफ्नो १६औं स्थापना दिवस शनिवार सम्पन्न भएको छ । सिमरास्थित कार्यलय प्रांगणमा आयोजित कार्यक्रमको उद्घाटन संयुक्त रुपमा गरिएको थियो ।
३ हजार ८ सयभन्दा बढी सदस्य रहेको संस्थाले अहिले ७० करोड रुपियाँको कारोबार गरेको बताइएको छ ।
कार्यक्रममा हातेमालो साकोसको कार्यक्षेत्र भित्र पर्ने कलेजका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा सिमरा कलेजकी छात्रा कान्छी चौधरी र छात्र सहिद महमद्, डुमरवना कलेजका छात्र शिवराज चौधरी र छात्रा अप्सरा चौलागाइँ रहनुभएको थियो । संस्थाले जनही नगद ५ हजार र सम्मानपत्रले सम्मानित गरेको हो ।
यसैगरी संस्थाले यस वर्षको हातेमालो सहकारी पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका बारा सम्वाददाता गुरुप्रसाद गौतमलाई १० हजार नगद र सम्मानपत्रले सम्मानित गरेको छ ।
यस्तैगरी उत्कृष्ट कर्मचारीमा नगद ५ हजारसहित मनिशा न्यौपानेलाई सम्मानित गरिएको थियो ।
यसैगरी संस्थाले उत्कृष्ट वचतकर्ता सूर्यबहादुर तामाग, झंकप्रसाद ढुंगाना, नवीनकुमार गुप्ता, सुनिलकुमार कानु, उत्कृष्ट कारोबारकर्ता पार्वतीकुमारी क्षेत्रीनी, गजेन्द्र साह कानु, शेख हुसेन र सुस्मिता मोत्तानलाई सम्मानित गरेको थियो ।
यस्तै जेष्ठ सदस्य ८० वर्षीया आसमवा शेखिन र ८१ वर्षीय शंकटाप्रसाद पाठकलाई सम्मानित गरिएको थियो भने स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै डा. रवीन्द्रकुमार सिंहलाई सम्मानित गरिएको थियो ।
उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी महासँघका सञ्चालक टेकप्रसाद चौलागाइँ,, मधेश प्रदेश साँसद देवनारायण चौधरी, हातेमालो साकोसका पूर्व अध्यक्ष डा. कृष्ण पौडेललगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । संस्थाका अध्यक्ष यज्ञबहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव दीपक भट्टले गर्नुभएको थियो भने सञ्चालक क्षमादेवी अधिकारीले स्वागत मन्तब्य रार्ख्नुभएको थियो ।उद्घाटन सक्रको कार्यत्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, सहकारी क्षेत्रका प्रतिनिधि, शेयर सदस्यको उपस्थिती रहेको थियो ।