२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराद्वारा सामुदायिक विद्यालयका बालविकास सहजकर्तालाई मन्टेश्वरी इसिडी तालिम सञ्चालन

२०८० जेष्ठ २४, बुधबार मा प्रकाशित ( साल अघि) ६६३ पाठक संख्या

राजमणि बराल
सिमरा, २४ जेठः बाराको जीतपुरसिमरा उपमहागरपालिकाले सामुदायिक विद्यालयमा पढाउने बालविकास सहजकर्तालाई मन्टेश्वरी इसिडी तालिम सञ्चालन गरेको छ । हेटौँडा लिंकेज टेक्निकल एकेडेमी प्रा. लि हेटौडाको प्राविधिक सहायता तथा व्यवस्थापनमा उपमहानगरले पहिलो चरणमा ५ दिने तालिम बुधबारदेखि सिमरामा सञ्चालन गरेको हो ।

IMG 20230607 WA0005
बालविकास सहजकर्ताहरुलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी तालिम तथा जानकारी दिन उपमहानगरले पहिलो चरणमा २१ जना बालविकास सहजकर्ता र दोस्रो चरणमा २१ जना गरी ४२ जना बाल विकास सहजकर्ता तथा तेस्रो चरणमा प्राथमिक तहमा स्थायी भई आएका नव प्रवेशी २० जना प्राथमिक शिक्षकलाई ५ दिने तालिम सञ्चालन गर्न लागेको हो ।
उपमहानगरको कुल लागत ३ लाख ५० हजार रुपियाँमा तालिम सम्पन्न गरिने लिंकेज टेक्निकल एकेडेमी प्रा. लि हेटौडाका अध्यक्ष भूपेन्द्र कोइरालाले जानकारी दिनुभयो ।तालिम कार्यक्रमको उद्घाटन जीतपुर सिमरा उपमहानगरका उपप्रमुख भोलाप्रसाद अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रममा नगरका शिक्षा महाशाखा प्रमुख शिवजी प्रसाद, नेरा नमुना मा वि सिमराका प्रधानाध्यापक शंकरकुमार आचार्य, व्यवस्थापन समितिका अध्यक्ष गंगा वस्नेत लगायतको उपस्थिति रहेको थियो । तालिम प्रशिक्षण ट्रिजा सुब्बा र स्वस्तिका थापाले दिइरहनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु