२०८१ कार्तिक २७, मंगलबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराका तीन विद्यालयसहित बाराका आठ विद्यालयले पाए नतीजामा आधारित प्रोत्साहन पुरस्कार

२०८० अषाढ ८, शुक्रबार मा प्रकाशित ( साल अघि) ४०३ पाठक संख्या

सीता अधिकारी
सिमरा, ८ असारः जीतपुरसिमराका तीन विद्यालयसहित बाराका आठ विद्यालयले नतीजामा आधारित प्रोत्साहन पुरस्कार पाएका छन् । सामुदायिक विद्यालयको उत्कृष्ट व्यवस्थापन र उत्कृष्ट सिकाइ उपलब्धिको आधारमा देशभरिका निर्वाचन क्षेत्रहरुका उत्कृष्ट सामुदायिक विद्यालयहरुमध्ये जीतपुरसिमरा उपमहानगरपालिकाका तीनसहित बाराका ८ विद्यालयले प्रोत्साहन पुरस्कार पाएका हुन् ।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र ( विध्यालय शिक्षा मापदण्ड निर्धारण शाखा ) सानोठिमी, भक्तपुरबाट इआरओले मूल्यांकन गरेको विद्यालय कार्य सम्पादन परीक्षणको आधारमा छनौट भै ५ लाख रुपैया ) प्रोत्साहन रकम पाएका छन् ।
यसरी पुरस्कार प्राप्त गर्नेमा जीतपुरसिमराको नेपाल राष्ट्रिय नमुना मावि सिमरा, फकिरा गिरी राजेश्वर गिरी मावि जीतपुर, जनता मावि रजघट्टा, कलैया उपमहानगरपालिकाको पन्नादेवी कन्या मावि र नेरामावि कलैया मदरसा, सिद्धेश्वर संस्कृत मावि भवानीपुर कलैया, नीजगढ नगरपालिकाको गौरी शंकर मा वि नीजगढ, सुवर्ण गाउँपालिकाको नेरामावि कवही जगत रहेका छन् ।
यी विद्यालयहरुले निम्न आधारमा प्रोत्साहन अनुदान पाउनेछन् । हेर्नुहोस् छनौटका आधारः

Received_107421469064101 (1)

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु