२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराले आइतबारदेखि सूत्रमार्फत राजश्व संकलन गर्ने, बाटो बाटोमा रसिद काट्ने सिस्टमको अन्त्य हुँदै

२०८० श्रावण ५, शुक्रबार मा प्रकाशित ( साल अघि) ८२३ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ५ साउनः कहाँ कति राजश्व संकलन भयो भनेर अव सजिलै हेर्न सकिने भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आउँदो आइतबारदेखि उपमहानगरका २४ वटै वडामा राजश्व संकलनसम्बन्धी शुत्र लागू गर्ने भएपछि अव जोसुकैले पनि कति राजश्व संकलन भयो भनेर हेर्न सकिने भएको हो ।
हालसम्म नगदी रसिदमार्फत राजश्व संकलन गर्दै आएको स्थानीय तहले विगत वर्षदेखि प्राइभेट सफ्टवेयर खरिद गरेर सोमार्फत काम पनि गर्दै आएको थियो । अहिले महालेखा नियन्त्रक कार्यालयले सफ्टवेयर निर्माण गरेर प्रयोगमा ल्याएपछि देशका ७ सय ५३ वटै पालिकामा एकीकृत रुपमा कति राजश्व संकलन भयो भनेर हेर्न सकिने भएको छ ।
मधेश प्रदेशका सूत्र फोकल पर्सन प्रशिक्षक राजेन्द्र कार्कीले स्थानीय तह यो सिस्टममा गैसेकपछि नगरप्रमुख, कार्यालय प्रमुख, लेखा प्रमुखले राजश्व कति संकलन भयो भनेर टाइमवेसमा दिनभरी उठेको राजस्व बेलुका पाँच बजे हेरेर भन्न सक्ने जानकारी दिनुभयो । प्रशिक्षक कार्कीले नगरले एउटा सिस्टमको विकास गरेपछि जनताले पनि कुन वडाले कति उठायो भनेर हेर्न सक्ने बताउनुभयो ।

1689955474602
उहाँले आउँदो आइतवारदेखि वैँक भौचर प्रयोग नहुने र नेपाल सरकारले जारी गरेको राजश्व भौचर प्रयोगमा आउने बताउनुभयो । साथै बारा जिल्लाका कोलेनिकालगायत १६ वटै स्थानीय तहका कर्मचारीले तालिम लिई यही साउन १ गतेदेखि स्थानीय पालिकामा लागू भएको सूत्र प्रणालीले कुनै पनि वडा सचिव र वडाध्यक्ष मिलेर बाटो बाटोमा रसिद काट्ने सिस्टम अन्त्य भएको जिकिर गर्नुभयो । कार्कीका अनुसार जीतपुरसिमराका २४ वटै वडाले राजस्व संकलनका लागि विशेष महत्व राख्ने हुनाले यसतर्फ नै बढी फोकस गरिएको छ ।

1689955458477
यस्तै जीतपुरसिमराका राजश्व शाखा प्रमुख रमेश सुवेदी सूत्रमार्फत कर संकलन गर्ने जुन अनलाइनमा आधारित सफ्टवेयर हो साथै सफ्टवेयरमार्फत राजश्व संकलन गर्ने र बैँक दाखिला गर्ने प्रविधिले रिपोटिगंमा सहजता, सत्यतथ्य तथ्यांक, पारदर्शी र समयको बचत हुने हुनाले यो सबैका लागि उत्तीकै महत्वको रहेको बताउनुहुन्छ । उहाँले यस्तो सफ्टवेयर लागू भएपछि संघ, प्रदेश, स्थानीय तह र वडामा कति राजश्व संकलन भयो भन्ने कुरा जसले जुनसुकै ठाउँबाट सजिलै हेर्न सकिने कुरा व्यक्त गर्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु