२०८१ अषाढ ३०, शनिबार
नयाँ
पछिला अपडेट

स्थापनाको छोटो समयमा नैे उत्कृष्ट कार्य गर्न सफल सिमराको साना किसान कृषि सहकारी संस्थाद्वारा टाँगियाबस्तीमा राहत वितरण

२०८० श्रावण १२, शुक्रबार मा प्रकाशित ( महिना अघि) १४०१ पाठक संख्या

सीता अधिकारी
सिमरा, १२ साउनः स्थापनाको छोटो समयमा नै आफ्नो उत्कृष्ट कार्य देखाउन सफल सिमराको साना किसान कृषि सहकारी संस्थाले शुक्रबार बाराको टाँगिया बस्तीमा राहत वितरण गरेको छ । जीतपुरसिमरा उपमहानगरपलिकाको वडा नं १६ टाँगियाबस्तीमा १० दिन अघि बाघले आक्रमण गरी बाख्रा मारेपछि स्थानीय धनबहादुर थिंगसहित २ जनालाई संस्थाले राहत उपलब्ध गराएको हो ।

FB_IMG_1689694329379
बाख्रा पालेर जीविकोपार्जन गर्दै आइरहेका बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १६ टाँगियाबस्तीका स्थानीय धनबहादुर थिंगको १० वटा बाख्रा बाघले आक्रमण गरी मारेको थियो । त्यस्तै गरी टाँगियाबस्तीका स्थानीय सोममाया लामालाई पनि राहत उपलब्ध गराइएको छ । सोममायाको खोरबाटै बाघले दुइटा बाख्रालाई थुतेर मारेको थियो ।

Received_2338650606330299
साना किसान कृषि सहकारी संस्था सिमराका अध्यक्ष कमला कुमारी रिमाललगायत संस्चालक समितिका पदाधिकारी र कर्मचारीले टाँगियाबस्ती पुगेर वन्यजन्तुबाट पीडित स्थानीयलाई राहत रकम हस्तान्तरण गरेका थिए । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत समाजमा विभिन्न रचनात्मक कार्यहरु गर्दै आइरहेको छ ।

संस्थाको कारोबार
साना किसान सहकारीले २०७९ साउनदेखि २०८० साल असार मसान्तसम्म ३५ करोड ९३ लाख ६० हजार ७ सय ९४ रुपियाँको कूल कारोवार गरेको यसबाट संस्थामा ८० लाख ५१ हजार ७ सय २४ रुपियाँ मुनाफा गर्न सफल भएको र आगामी साधारणसभामा १५ प्रतिशत लाभांश वितरण गर्न सक्ने बताइएको छ ।
साना किसान सहकारी संस्था सिमरामा हाल १ हजार १ सय ७९ महिला सेयर सदस्य र ६ सय २६ पुरुष सदस्य गरी जम्मा १ हजार ८ सय ५ सदस्य आवद्ध रहेको संस्थाका अध्यक्ष कमला कुमारी रिमालले जानकारी दिनुभयो । ऋणी ६ सय ९५ जना रहेको छन् ।
सहकारीमा १२वटा अन्तर समूहका २ सय ५० वटा समूह रहेका छन् । ४ जना कर्मचारी, १३ जना सञ्चालक समिति र ३ जनाको लेखा समिति रहेको संसथाका सहजकर्ता कुलोत्तम पोखरेलले जानकारी दिनुभयो । ८२ प्रतिशत भन्दा बढी महिला सदस्य रहेको संस्थामा सचेतना कार्यक्रम
२०७३ साल असार ३१ गते स्थापना भएको संस्थाको १ करोड ६७ लाख ६२ हजार २ सय सेयर पूँजी रहेको र १ सय देखि ५ हजारसम्म शेयर रहेको पाइन्छ । बचतकर्ताहरुको बचत १ सय देखि २ हजारसम्म रहेको छ । यसमा दैनिक बचत, मासिक बचत र व्यक्तिगत बचत लगायतका बचतबाट ३ करोड ९४ लाख ४१ हजार ९२ रुपिया रहेको छ ।
सदस्यहरुको असिमित मागलाई संबोधन गर्न संस्थाले ११ करोड २५ लाख ९५ हजार रुपियाँ साना किसान विकास लघुवित्त वित्तीय संस्था हेटौँडाबाट ऋण लिएको र संस्थाको रकमसमेत गरी १६ करोड २२ लाख ८० हजार रुपियाँ ६ सय ९५ जना ऋणीलाई ऋण प्रवाह गरेको संस्थाले जानकारी दिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु