२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

आयोजना तथा ठेक्का अलपत्र पारेपछि पूर्वाधार शाखा प्रमुख इञ्जिनियर यादवलाई जिम्मेवारीबाट हटाइयो

२०८० श्रावण ३१, बुधबार मा प्रकाशित ( साल अघि) ५१९ पाठक संख्या

 

सयपत्री समाचारदाता
सिमरा, ३१ साउनः जीतपुरसिमरा उपमहानगरपालिका कार्यलयले पूर्वाधार शाखा प्रमुख इञ्जिनियर रामनरेश यादवलाई जिम्मेवारीबाट हटाएको छ । पालिकाको छैटौँ तहका इञ्जिनियर यादवले पालिकाभित्रका आयोजना तथा ठेक्काहरु पटक पटक लापरवाही गरी अलपत्र पारेको भन्दै शाखा प्रमुखको जिम्मेवारीबाट हटाएर निजलाई जिम्मेवारी विहिन बनाएको हो ।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीद्वारा हस्ताक्षरित पत्रमा यादवका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेकाले निजबाट सो शाखामा बसी काम गरिरहेमा प्रमाणहरु नष्ट हुने जोखिम देखिएकाले जिम्मेवारीबाट मुक्त गराइएको भनिएको छ ।
इञ्जिनियर यादवलाई वडा नं २२ को चकरी जाने बाटोको अठोर खोल्छीमा कल्भर्ट निर्माणमा लापरवाही गरेको, शान्ता पेट्रोल पम्प अगाडिदेखि निशा विकको घरसम्म जाने बाटो ढलान गर्नुपर्नेमा जंगलमा बाटो स्टिमेट गरी अन्यत्र काम गराएको आरोप लागेको छ ।
यसैगरी वडा नं २१ मा खानेपानी योजनाको सामान सप्लाइ गर्ने सम्बन्धमा कार्यालयले ठेक्का आह्वान गरी मिसु ट्रेडिंग चितवनसँग सम्झौता भई २०७९ मंसिरमा म्याद समाप्त भैसकेको र हालसम्म पनि सामान पूरा सप्लाइ नगरी योजना अलपत्र पारेको ठेकेदार कम्पनीलाई कारवाही नगरेको, ठेकेदारसँग ठेक्का तोड्ने, कालोसूचीमा राख्ने, धरौटी जफत गर्ने काम नगरेको यादवमाथि आरोप रहेको छ ।
यस्तै इञ्जिनियर यादवले उपमहानगर कार्यालयको परिषरभित्र बनेको चमेनागृह तथा सभाहल निर्माणलगायतका अन्य आयोजनाका विषयमा कार्यालयको स्पष्टीकरण मागपत्रसमेत नबुझेको नगरपालिका कार्यालयले जनाएको छ ।

1692191221874

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु