२०८२ बैशाख १६, मंगलबार
नयाँ
पछिला अपडेट

तीजको अवसरमा घण्टीमाई साकोसद्वारा अन्तर माविस्तरीय वक्तृत्वकला कार्यक्रमको आयोजना

२०८० भाद्र २३, शनिबार मा प्रकाशित ( साल अघि) ४०३ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २३ भदौ: रचनात्मक कार्य गर्दै आइरहेको बारा औराहाको घण्टीमाई सहकारी संस्थाले अन्तरमावि स्तरीय वक्तृत्वकला कार्यक्रमको आयोजना गरेको छ । हरितालिका तीज पर्व २०८० को अवसरमा साकोसले वर्तमान परिवेशमा सहकारीको महत्व विषयक अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रमको आयोजना गरेको हो ।
जीतपुर सिमरा उपमहानगरपालिका अन्तरगतको कार्यक्रममा ६ विद्यालयका १२ जना विद्यार्थीले भाग लिएका थिए । प्रतियोगितामा नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय सिमराका क्रमशःमनिष पाठक प्रथम र आयुसा लामिछाने द्वितीय हुनुभएका थियो । त्यसैगरी जनता मावि रजघट्टाका अरवीन्द्र चौधरी तृतीय हुन सफल हुनुभयो भने नेरा मावि अमलेखगञ्जकी रनिजा रुम्बाले प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगितामा विजयी विद्यार्थीलाई वडा नं ४ का वडाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि भोजबहादुर खत्रीले नगदसहित शिल्ड,पदक तथा प्रमाणत्र प्रदान गर्नुभएको थियो ।

1694250016579
घण्टीमाई साकोसकी अध्यक्ष कोपिला सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार एवं जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व उपप्रमुख सरस्वती देवी चौधरी, उपमहानगर कार्यालयका सहकारी विभाग प्रमुख सुधन चौधरी,  सहकारी बैँक प्रमुख सुरेश लागेलगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा साकोसका महिला सदस्यलाई तीज विशेष कार्यक्रमको आयोजना गरी दर खुवाइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु