२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

तेस्रो अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता सिमरामा हुने

२०८० भाद्र २३, शनिबार मा प्रकाशित ( साल अघि) २९१ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २३ भदौः मधेस प्रदेशको शान भेट्रान खेलाडीप्रति सम्मान भन्ने मूल नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता सिमरामा हुने भएको छ । मञ्जु देवी गुप्ताको स्मृतिमा आयोजना हुने खेल प्रतियोगिता आगामी असोज ७ गतेदेखि १३ गतेसम्म सिमरा रंगशालामा हुने भएको हो ।
उक्त खेल प्रतियोगितामा नेपाल, भारत, बंगलादेशका गरी १२ टिमको सहभागीता रहने आयोजकले जनाएको छ । जगदम्बा स्टिलको मुख्य प्रायोजन रहेको उक्त खेलको सहयोगी संस्था जीतपुरसिमरा उपमहानगरपालिका रहेको छ भने प्रायोजक हुलास स्टिल, सूर्य नेपाल ,नारायणी रोलिङ मिल, नेविल बैक तथा सहप्रायोजकमा यु आर गोल्ड प्रिमियम मसला चिया, अशोक स्टिल रहेका छन ।
२४ लाख ३९ हजारको अनुमानित लागतमा हुने खेलले बिजेतालाई २ लाख, उपबिजेतालाई १ लाख र वेष्ट खेलाडीलाई ५५ हजार दिने घोषणा गरेको छ ।
क्लबका अध्यक्ष राज कपुर राउतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला फुटवल संघका अध्यक्ष रामचन्द्र लामा, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, प्रतियोगिता संयोजक हरि चौधरी, उमेश चौलागाईंलगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु