२०८१ आश्विन २७, आईतबार
नयाँ
पछिला अपडेट

साना किसान कृषि सहकारी संस्था डुमरवानाद्वारा तीज मिलन कार्यक्रमको आयोजना

२०८० भाद्र २३, शनिबार मा प्रकाशित ( साल अघि) ३८१ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २३ भदौः साना किसान कृषि सहकारी संस्था डुमरवाना केन्द्रले शनिबार तीज मिलन कार्यक्रमको आयोजना गरेको छ । आर्थिक वर्ष २०७९/२०८०को वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षको रणनीतिक योजना तर्जुमासहित केन्द्रले तीज मिलन कार्यक्रम गरेको हो ।
साना किसान सहकारी संस्था लिं बारा डुमरवानाका उपाध्यक्ष सुकुमाया वाइवाका अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष प्रदीपसिंह बरालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका वरिष्ठ प्रबन्धक राजेन्द्रप्रसाद जमरकट्टेलले आर्थिक वर्ष २०७९/२०८०को वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षको रणनीतिक योजना तर्जुमाका बारेमा जानकारी गराउनुभएको थियो ।

1694250168959
कार्यक्रममा अन्तर समूह नं ३, कोल्हवीकी पवित्रा तिमल्सेना, अन्तर समूह नं ८ नीजगढकी विन्दा चौलागाईँ, अन्तर समूह नं २, कतर्वाकी भुवनेश्वरी दाहाल, अन्तर समूह नं ५ सिमराकी अध्यक्ष ईश्वरी ढकाल, अन्तर समूह नं ५, डुमरवानाकी निर्मला खतिवडा, संस्थाका पूर्व सञ्चालक एवं सल्लाहकार दुर्गाप्रसाद शिवाकोटीलगायतले मन्तव्य राख्नुभएको थियो ।
९१ ओटा अन्तरसमूह रहेको साना किसान सहकारी संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा संचालक समितिका पदाधिकारी, लेखा समिति सदस्य , विषयगत उपसमिति, अन्तरसमूहका अध्यक्ष,संस्थाका कर्मचारीलगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत सिमरा केन्द्रकी अध्यक्ष संगीता पाण्डेले गर्नुभएको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु