२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

साना किसान कृषि सहकारी संस्था सिमराको नवौँ वार्षिक सभा तथा तेस्रो अधिवेशन सम्पन्न

२०८० भाद्र २९, शुक्रबार मा प्रकाशित ( साल अघि) ३९४ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २९ भदौः साना किसान कृषि सहकारी संस्था लि सिमराको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमलाकुमारी रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मधेसप्रदेश सभा सदस्य देवनारायण चौधरी, लक्ष्मीदेवी, संविधानसभा सदस्य जयप्रकाश यादव, जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेललगायतको शुभकामना मन्तव्य रहेको थियो ।

कार्यक्रम उद्घाटन
कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन तथा सप्तरङ्गी मैन बत्तीसमेत प्रज्वलित गरी गरिएको थियो ।

संस्थाको कारोवार
एक हजार ८ सय ५ जना शेयर सदस्य रहेको सहकारीमा १२ अन्तर समूहका २ सय ५० समूह रहेका छन् । आर्थिक वर्ष २०७९/०८०मा १करोड ६७ लाख ६२ हजार २ सय शेयर पूँजि, ३ करोड ९४ लाख ४१ हजार ९२ रुपियाँ वचत संकलन गरेको संस्थाका अध्यक्ष कमला कुमारी रिमालले बताउनुभयो । यस वर्ष संस्थाले ७३ लाख ४७ हजार १ सय २९ रुपियाँ नाफा आर्जन गर्न सफल भएको अध्यक्ष रिमालले बताउनुभयो ।
कार्यसमिति
संस्थाको नवौँ साधारण सभा तथा तेस्रो अधिवेशनले कमला कुमारी रिमालको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

Received_291617810272339

विभिन्न विधाका व्यक्तिलाई सम्मान
कार्यक्रममा संस्थाले उत्कृष्ट कर्मचारीका रुपमा कार्यालय सहायक रविराज पौडेल, पत्रकार रञ्जन यादव, उत्कृष्ट मासु तथा पशुपालन सदस्य सुरजकुमार साह, उत्कृष्ट अन्तर समूह ४ का अध्यक्ष सरु पण्डे, दैनिक वचत गर्ने, शेष लालबाबु, व्यक्तिगत वचतकर्ता एकबहादुर श्रेष्ठ, कारोवारी निर्मला खतिवडा, तरकारी तथा फलफूल व्यवसायी विष्णुदेवीलगायतलाई नगद तथा प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु