२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

वडा नं २ ले जीतपुरसिमरा मै पहिलो पटक शैक्षिक क्षेत्रमा देखायो नमुना कार्य

२०८० भाद्र २९, शुक्रबार मा प्रकाशित ( साल अघि) १२८० पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २९ भदौः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ ले पहिलो पटक नगरभरिमै शिक्षाको क्षेत्रमा नमुना कार्य गरेको छ । वडा नं २ ले नेपाल राष्ट्रिय नमुना मावि सिमरामा कार्यरत उत्कृष्ट नतिजा दिन सफल शिक्षक र विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेर नगरभरिमै पहिलो पटक नमुना कार्य गरेको हो ।
५९ औँ बाल दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा विद्यालयका तर्फबाट कक्षा १२ को परीक्षामा बारा जिल्लामा उत्कृष्ट नतिजा ल्याउने छात्र क्षितिज चौधरीलगायत मण्टेश्वरी कक्षादेखि कक्षा ११ सम्मका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट नतिजा दिने विषय शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।
आधारभूत तहमा उत्कृष्ट नतिजा दिन सफल शिक्षक मनोज पोखरेल र श्वेता श्रेष्ठ, माध्यमिक तहमा उत्कृष्ट नतिजा दिने लेखा विषयका शिक्षक दिनेश वर्णवाल र कम्प्यूटर विषयका शिक्षक संघर्ष विडारीलाई समेत नगद पुरकारसहित सम्मान गरिएको थियो ।शिक्षक तथा विद्यार्थीलाई सम्मान गर्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले यस्ता सम्मान कार्यक्रम आउँदो दिनमा पनि उत्कृष्ट नतिजा हासिल गर्न सक्षम हुनेलाई प्रदान गरिँदै जाने बताउनुभयो । यसले शिक्षण क्रियाकलापमा लगनशीलता र विद्यार्थीहरुमा प्रतिस्प्रधाको भावना जार्गत भै शैक्षिक गुणस्तरमा सुधार आउने उहाँको भनाइ थियो ।

1694789800555
बालबालिकाको लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ नेपाल राष्ट्रिय नमुना मावि सिमराले वडाको सहयोगमा अहिलेसम्मकै नमुना काम गरेको छ । विहान ६ बजे बालअधिकारसम्बन्धी नारा लेखिएका प्लेकार्ड र व्यानरसहित सिमरा बजार परिक्रमा गरी विद्यालय प्रांगणमा विभिन्न कार्यक्रमको आयोजना गरिएको हो ।
विदाइ तथा सम्मान
कार्यक्रममा विद्यालयबाट सरुवा भएर अन्यत्र विद्यालय जाने शिक्षकहरु खेम सुवेदी, माधव नेपाल, रोहित झा, विभाष गुरागार्इँ, प्रेम पुडासैनी, ब्रम्हेव पासवान, महेश गुप्तालगायत १० जनालाई प्रशंसापत्रसहित विदाइ गरिएको थियो ।

1694790029636
त्यस्तै विद्यालयबाट अवकाश प्राप्त शिक्षकहरु गीता खरेल, नवीन चौधरी र प्रदीप जैशवाललाई सहित सम्मान पत्रसहित दोसल्ला ओढाइ निवृत्त जीवनको सफलताको कामना गरिएको थियो ।

1694789842454 (1)

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका सामाजिक तथा आर्थिक शाखा प्रमख शिवजी साह, विद्यालयका प्रधानाध्यापक शंकर आचार्य, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । सहायक प्रधानाध्यापक अच्युतदेव सिटौलाले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण शिक्षक गोपी अधिकारीले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु