२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

पथलैया खानेपानीका नवनिर्वाचित कार्यसमिति पदाधिकारीले लिए पद तथा गोपनियताको सपथ ग्रहण

२०८० आश्विन ८, सोमबार मा प्रकाशित ( साल अघि) २९६ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ८ असोजः पथलैया खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचित कार्यसमितिका पदाधिकारीले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । समितको शनिबार सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत शंकरकुमार आचार्यले पद तथा सपथ ग्रहण गराउनु भएको हो ।
समितिको २५औं साधारणसभाले सर्वसम्मत् नेतृत्व चयन गर्न नसकेपछि शनिवार निर्वाचन भएको थियो । निर्वाचनमा सुरेशकुमार लामाको प्यानल निर्वाचित भएको थियो । निर्वाचनबाट अध्यक्ष पदमा सुरेश लामा, उपाध्यक्ष तोयानाथ खनाल, सचिवमा किरण आलेमगर, कोषाध्यक्ष लाक्पा ग्याबु शेर्पा निर्वाचित हुनुभएको हो ।
यसैगरी सहसचिवमा खड्कराज तामाङ, सदस्यहरु दीप राई, प्रेमबहादुर लामा, दीपेन्द्रकुमार श्रेष्ठ, पार्वती श्रेष्ठ ,लक्ष्मी भट्ट र एकमाया जिम्बा निर्वाचित हुनु भएको छ । कुल ६ सय ४३ मतदातामध्ये निर्वाचनमा पाँच सय ७३ मत खसेको थियो ।

औपचारिक कार्यक्रम
सपथ ग्रहण कार्यक्रमको अध्यक्षता जीतपुरसिमरा वडा नं १ का अध्यक्ष हिराबहादरु गुरुगंले गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति छविलाल शर्माको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि श्यामबाबु गुप्ता, रामबहादुर अधिकारी, राजकुमार थापा, श्याम सुवेदी, नेकपा माओवादीका यमनाथ ओझा, बेनी तिमल्सिना, मिन प्रसाद आपागाइँ, नेकपा समाजवादीका रामदास धैजुलगायतले निर्वाचित पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएकाो थियो ।
निर्वाचन अधिकृत भुवन राईले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सुमन थापा मगरले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु